नेपाली सेना र नेपाल विद्युत् प्राधिकरणले पदपूर्तिका लागि विज्ञापन खुलाएका छन् । नेपाली सेनाले अधिकृत क्याडेड पदमा भर्ना आह्वान गरेको छ ।
भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले २ सय २९ जनाका लागि विज्ञापन खुलाएको हो । रिक्त अधिकृत पद सहायक सेनानी खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आजदेखि असोज २९ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक ५ गतेसम्म दरखास्त बुझाउन सकिनेछ । यस्तै नेपाल विद्युत् प्राधिकरणले पनि विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले आज विज्ञापन निकालेर सह–निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो । खुला प्रतियोगिताका लागि विभिन्न पदमा असोज २० सम्म दरखास्त दिन सकिनेछ ।