संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिबारे गुनासो र उजुरी आह्वान गरेको छ ।
न्यायपरिषद्ले यही भदौ २१ गते सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा। दिननाथ पराजुलीको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
समिति सदस्यबीच छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले प्रस्तावित व्यक्तिका बारेमा आउँदो असोज ७ गतेभित्र गुनासो र उजुरी माग गरेको हो । सूचना दिनेले आफ्नो नामरठेगाना खुलाइ उजुरी गर्नुपर्ने र गोप्य राख्न चाहेमा गोप्य राखिने सूचनामा उल्लेख छ ।