नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना ३ सय १६ जना सदस्यहरुको सामूहिक बीमा गरिदिएको छ । बिमाअन्तर्गत दुर्घटनामा १ लाख बराबरको औषधि उपचार दाबी गर्न पाउनेगरी शिखर इन्स्योरेन्ससँग मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेको महासंघ रुपन्देही अध्यक्ष रामराज पोखरेलले बताए ।
महासंघमा आबद्ध सदस्य कुनै पनि दुर्घटना परेको खण्डमा औषधोपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।
बीमा सम्झौता मंगलबारबाट नै कार्यान्वयनमा जाने शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका प्रतिनिधि विकास गौतमले बताए ।