कपिलवस्तु डेभलपमेण्ट सर्भिसेज तौलिहवा कपिलवस्तुले सौन्दर्य कला व्ययसायी संघ जिल्ला कार्य समितीलाई किसोर किसोरी मैत्री स्वास्थ्य सेवाका बारेमा प्रशिक्षण दिएको छ ।
किसोर किसोरीहरुमा किशोरा अवस्थामा देखा पर्ने परिवर्तन यौन प्रजन्न स्वास्थ्य , परिवार नियोजनका अस्थायी साधन ,सुरक्षित गर्भपतन , परिवार योजना सम्बन्धी परामर्श कार्यक्रम बुद्धभुमी नगरपालिकाको वडा नं. २ गोरुसिङ्गे पौवा होटलमा सम्पन्न भएको हो ।
किशोर ,किसोरीमा आउने परिवर्तन ,उनीहरुमा आउने बिभिन्न स्वास्थ्य सम्बन्धी आउने समस्या सानो उमेरमा बिवाह गर्दा , भोग्नु परेका समस्याका बारेमा उनीहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी कसरी दिने र परिवार नियोजनका साधनहरुको बारेमा कसरी जानकारी दिने भन्ने बिषयमा अन्तक्रिया तथा छलफल गरिएको थियो । अन्तक्रिर्या कार्यक्रममा १३ बर्ष भन्दा माथिका किशोर, किशोरीले आफनो सौन्दर्य प्रति चासो दिने पालर जाने र पालर गर्ने व्यवसायीहरु संग यौन शिक्षाका, परिवार नियोजनका अस्थायी साधन र आफुलाई किशोर अवस्थामा देखा परेका समस्याका बारेमा खुलेर कुरा गर्न सक्ने भएको हुदा पालर व्यवसायीहरु संग सहकार्य गर्नु परेको कार्यक्रम संयोजक हुमलाल अधिकारीले बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी सौन्दर्य कला व्यवसायी संघ कपिलवस्तुकी अध्यक्ष शान्ता थापाले किशोर किशोरीका लागि जति सौन्दर्यता आवश्यक छ । त्यस भन्दा बढि उनीहरुका लागि स्वास्थ्य शिक्षा बढि नै महत्व रहेको बताउदै आफना पसलहरुमा आउने किशोरीहरुले महिनाबारीको समयमा देखा पर्ने समस्या अन्य समस्याहरुको बारेमा उनीहरुमा जानकारी नभएको र आफना बावु ,आमा खुलेर कुरा गर्न डराएर नभनेका कैयौ समस्या रहेको र अस्थायी साधन कहाँ पाउँछ कसरी प्रयोग गर्ने भन्ने बिषयमा जानकारी नहुदा अनेकौ समस्या झेल्नु परेको कुरा पालर व्यवसायी संग धेरै किशोरीहरुले खुलेर कुरा गर्ने गरेको उहाले बताउनु भयो । किशोर, किशारी संग सम्बन्धीत कार्यक्रमलाई लिएर आफनो संघ संग जोडिन खोज्नु भएकोमा आफनो संघबाट हुने किशोर किशारीमा आफुले सिकेको अनुभवलाई जानेको कुरालाई बताउने र आवश्यक परेको खण्डमा निरन्तर कपिलवस्तु डेभलपमेण्ट सर्भिसेज तौलिहवा कपिलवस्तु संग सहयोग परामर्श लिने बताउनु भएको थियो ।
कार्यक्रममा कपिलवस्तु डेभलपमेण्ट सर्भिसेज तौलिहवा कपिलवस्तुका किशोर किशारी सम्बन्धी स्वास्थ्य सेवाका संयोजक हुमलाल अधिकारीको अध्यक्षता , सौन्दर्य कला व्यवसायी संघ कपिलवस्तुकी अध्यक्ष शान्ता थापाको प्रमुख आतिथ्यता सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेज गणेश पोख्रेलको बिशिष्ट आतिथ्यता ,सौन्दर्य कला व्यवसायी संघ कपिलवस्तुकी उपाध्यक्ष शोभा पुन ,सचिव जुनु अर्याल ,किशोर किशारी मैत्री सेवा प्रदायक स्वास्थ्य सेवा प्रदायक संस्था प्रकृती फार्मेसीकी सञ्चालक रितु खनाल,सेवा प्रदायक सस्था गोरुसिङ्गे असिम मेडिकल हलकी सञ्चालक माया श्रेष्ठ लगायतको आतिथ्यता रहेको कार्यक्रमको सहजीकरण कार्यक्रमका अधिकृत सुदर्शन गौतमले गर्नु भएको थियो ।