कपिलवस्तु स्थित बाणगंगा यातायात व्यवसायी समिति कपिलवस्तुको १६ औँ वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको छ । यातायात व्यवसायीहरुको हक हितको लागि स्थापित व्यवसायी समितिको वार्षिक साधारण सभा कार्यक्रममा नेपाल ट्रक महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले ट्रक व्यवसायीहरुको हक हित र व्यवसायीहरुको प्रबद्धनका लागि बाणगंगा यातायात व्यवसायी समितिले महत्वपूर्ण भुमिका खेलको बताए ।
उनले पछिल्लो समय व्यवसायीहरु आर्थिक चपेटामा परेको हुँदा यातायात व्यसायीहरु एकता बद्ध भई आफ्नो क्षेत्रमा लाग्नुपर्ने पनि उनको भनाई थियो ।
बाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता रहेको कार्यक्रममा ट्रक व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमूख चक्रपाणी अर्याल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, नेको इन्सोरेन्स कम्पनीका महा प्रबनधक रमेश थापा लगाएतको विशिष्ठ अतिथ्यता रहेको कार्यक्रममा नेपाल किसान ट्याक्टर समितिका अध्यक्ष शंकर प्रसाद न्यौपाने, नेपाल ट्रक यातायात महासंघ लुम्बिनी प्रदेश संयोजक याम प्रसाद पाण्डे, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिपक बाबु के.सी लगाएतको अतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने बोक्ताहरुले खासगरी भारतीय गाडीको अबैधानिक प्रवेशलाई रोक्नुपर्ने बताएका थिए । उनीहरुले भारतीय गाडीहरुको नेपालमा हुने मनपरी प्रवेशले नेपालका यातायात व्यवसायीहरु मारमा परको समेत गुनासो गरेका छन् ।
यस्तै ओभरलोडका कारण हुने दुर्घटना र त्यसको असरका बारेमा समेत बक्ताहरुले जोड दिएका छन् । ओभरलोडका विषयमा निती निर्माण आवश्यक रहेकोमा पनि जोड दिइएको छ ।