Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

बाँके डेङ्गु रोगको उच्च जोखिममा,अनावश्यक घरेलु उपचारमा नलाग्न आग्रह

हाम्रो पाईला हाम्रो पाईला
२०७९ भदौ २५, शनिबार ९:११ PM
बाँके डेङ्गु रोगको उच्च जोखिममा,अनावश्यक घरेलु उपचारमा नलाग्न आग्रह

बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ । बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलटेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेङ्गु रोगको जोखिममा रहेको बताए । यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित शहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै उनले डेङ्गु रोगको आशङ्कामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गरे ।

भेरी अस्पताल नेपालगञ्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गु लगायतका बिरामी राखेको छ । कोभिडको भन्दा डेङ्गु लगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।बद्री चापागाईँले जानकारी दिए ।

उनका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन । ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन् । भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलटेन्ट फिजिसियन डा। पाण्डेका अनुसार डेङ्गुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन । लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन् । एक प्रतिशत बिरामी गम्भीर हुन्छन् । त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ ।

अस्पतालमा डेङ्गु लगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ । एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन् । पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेङ्गु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ ।

डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताइन् । डेङ्गुका बिरामी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए । डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल