सिदार्थ सामाजिक विकास केन्द्रको वाणगंगा नगरपालिका ४ सिदार्थ चोकमा रहेको बार्षिक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेकोे छ ।
वाणगंगा नगरपालिक ४ ठाकुरापुरको पिस हिमालयन रिसोर्टमा आयोजित कार्यक्रममा संस्थाले सञ्चालन गरेका बिभिन्न कार्यक्रमका बारेमा समिक्षा गरिएको थियो । २०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक ,सामाजिक ,साँस्कृतिक रुपमा पछाडि परेका वा पारिएका समुदाय गरिव , बिपन्न बर्ग ,महिला ,युवा ,बालवालिका तथा सिमान्तकृत बर्गको अधिकार स्थापनाका लागि संगठन ,चेतना अभिबृद्धि र सशक्तिकरणबाट रुपान्तरण गर्दै सभ्य समाजको निर्माण लागि कृयाशिल रहदै आएको बिषयमा जानकारी गराईएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्य समितीका प्रमुख बावुराम आचार्यले संस्थाले सञ्चालन गरेका बिभिन्न गतिबिधीहरु कपिलवस्तु जिल्लाका लागि मात्र प्रभावकारी नभएर अन्य जिल्लाका लागि पनि निकै नै प्रभावकारी रहेको बताउदै सिदार्थ सामाजिक विकास केन्द्रले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि अझ प्रभावकारी रुपमा अगाढि बढाउने कुरामा बिश्वास व्यक्त गर्नु भयो ।
बिशिष्ट अतिथी वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले संस्थाले एक सय भन्दा बढि मानिसलाई रोजगारी प्रदान गरेको कुरामा संस्थालाई बिशेष धन्यवाद व्यक्त गर्दै । सिदार्थ सामाजिक बिकास केन्द्र संग वाणगंगा नगरपालिकाले हरेका क्षेत्रमा कार्यक्रम मार्फत साझेदारी गर्दै आएको बताउदै आगामी दिनमा पनि संस्था संग साझेदार भएर गरेका कार्यक्रमहरु अझ प्रभावकारी रुपमा अगाडि बडाउनका लागि समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्य समितीका प्रमुख बावुराम आचार्य प्रमुख अतिथ्यता,सिदार्थ सामाजिक विकास केन्दकी अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता , वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको बिशिष्ट आतिथ्यता, उप प्रमुख रिता कुमारी थारु,सिदार्थ सामाजिक बिकास केन्द्रका निवर्तमान अध्यक्ष तेज प्रसाद आचार्य, नेपाल पत्रकार महाँ संघका उपाध्यक्ष हरि अधिकारी , रसामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, लगायतको उपस्थीती रहेको थियो ।