जो कोहीले पनि सत्यलाई सत्य भन्न सक्नु पर्ने नेपाली कांग्रेसका नेता पूर्व मन्त्री एवम् भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको भदौ १० देखि २४ गतेसम्म जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत कपिलवस्तु क्षेत्र नं। १ ले आज ओदारीमा आयोजना गरेको प्रतिनिधिसभा क्षेत्रीय भेलालाई सम्बोधन गर्दै पार्टीका आन्तरिक छलफलहरु गरी कही कतै कुडिएका मन मिलाउने वातावरण बनाउनु पर्ने र सत्यलाई सत्य भन्न सक्नु पर्ने बताएका हुन् ।
उपाध्यायले निशेधको राजनीति कसैले गर्न नहुने तर्फ इंकित गर्दैे आफ्नै छोरा आशिष शर्मालाई बाणगंगाको वडा नं। १० पटनाबाट कांग्रेसको क्षेत्रीय प्रतिनिधि रोक्न खोजिएको तर्फ इंकित गर्दै त्यस्तो कसैले गर्न नहुने बताए । उपाध्यायले ५ वर्षको मार्ग चित्र सहित गठवन्धन आउनु पर्ने र जस्ले जहाँ जित्छ उसैलाई टिकट दिनुपर्ने र जिताउनु पर्ने सबैको दायित्व भएको बताए ।