कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले १० वटा अपाङ्ग मैत्री स्कुटी वितरण गरेको छ । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्दा कष्टकर जीवन बिताईरहेकालाई सो स्कुटी प्रदान गरिएको हो।
शुद्धोधन गाउँपालिका कपिलवस्तु अध्यक्ष कमलेश शरण चौधरी र उपाध्यक्ष होम प्रकाश चौधर द्वारा १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्कूटी वितरण गरिएको हो ।आर्थिक वर्ष ०७८र०७९ को स्कुटी वितरण कार्यक्रम भए तापनि स्थानीय निर्वाचनको कारण समयमा खरिद प्रकृया पूरा गरी वितरण हुन नसकेको ले यी स्कूटीहरु अपाङ्गहरुलाई वितरण गरिएको हो र स्कुटी पाए पछि अपाङ्गता भएका खुसी र हर्षित भएका छन् ।