रुपन्देहीमा जंगलमा प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार रहेका व्यक्ति पक्राउ परेका छन् । ७ महिनाकी गर्भवती प्रमेकाको हत्यामा गरि फरार रहेका कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका( ७ निवासी ३६ बर्षीय काशिराम मुराउ पक्राउ परेका हुन् ।
मुराउलाई यही भदौ १६ गते पक्राउ गरिएको हो ।
२०७७ साल माघ १० गते दिउँसो रुपन्देहीको सैनामैना नगरपालिका( ११ शितलापुर फायरलाईन महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ रहेको शान्ति सामुदायिक बनको घना जंगलमा सात महिनाको गर्भ समेत पेटमा रहेकी ३४ बर्षीय ‘वसन्ती’ भन्ने धन कुमारी अर्यालको शव वेवारिसे अवस्थामा फेला परेका थियो ।
मृतक महिलाको घर गुल्मी साविक अर्खवाङ गाविस( २ भई रुपन्देहीको तिलोत्तमा नगरपालिका(३ मा बस्ने गरेको र उनको पुर्व श्रिमान तर्फ दुई छोरी समेत रहेका थिए ।
मृतक वसन्ता र प्रतिवादी काशीराम मुराउ बिच विगत ४ बर्ष पहिले देखि प्रेम सम्बन्ध रहेको प्रहरीको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय सालझण्डीले वैखरी अनलाईलाई जानकारी दिएको छ ।
यता प्रतिवादी मुराउको घरमा पनि श्रिमति, तिन छोरी र एक छोरा समेत थिए ।
अवैध सम्बन्धबाट गर्भ रहन गएकाले मुराउले प्रेमिका वसन्तालाई जंगलमा लई घाँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको प्रहरीले जनाएको छ ।
मुराउलाई जिल्ला अदालत रुपन्देहीबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।