अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु० कपिलवस्तुको अध्यक्षमा अन्जित खनाल चयन हुनुभएको छ । नेकपा एमालेको सबै भन्दा बलियो जनवर्गीय संगठन अनेरास्ववियु जिल्ला कमिटि कपिलवस्तुको अध्यक्षको जिम्मेवारी खनालले पाउनुभएको छ । अनेरास्ववियु जिल्ला कमिटिको पुर्ण बैठकले खनाललाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । निवर्तमान अध्यक्ष अध्यक्ष दयाराम पौडेलले खनाललाई जिम्मेवारी हस्तान्त्रण गर्नुभएको हो । वि।स। २०६८ साल देखि विद्यार्थी राजनीतिमा निरन्तर रुपमा लागिरहनुभएका खनाल लोकप्रिय विद्यार्थी नेताको रुपमा चिनिनुहुन्छ । वि।स। २०६८ सालमा अनेरास्ववियु बाणगंगा बहुमुखी क्याम्पस कमिटी सह–सचिव बाट विद्यार्थी राजनीति सुरु गर्नुभएका खनाल जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएका खनालले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।
१ दशक भन्दा बढी सक्रिय रुपमा विद्यार्थी राजनिति गर्दै आउनुभएका अध्यक्ष खनालले जिम्मेवारी पाएसंगै संगठनलाई सशक्त र मजबुत बनाउनमा आफ्नो विशेष भुमिका रहने बताउनुभयो । उहाँले सबैको सल्लाह र सुझाव अनुसार संगठनलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो । अध्यक्ष खखनालले अध्यक्षमा निर्वाचन गराउनुहुन सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, जिम्मेवारी हस्तान्त्रण गर्ने निवर्तमान अध्यक्ष पौडेल लगायत जिल्ला भरीका सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै सबै विद्यार्थीहरुलाई समावेश गरि संगठनलाई उत्कृष्ट बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यता जिम्मेवारी हस्तान्त्रण गर्दै निवर्तमान अध्यक्ष पौडेलले आफ्नो कार्यकाल भरी सहयोग गर्नुहुने अग्रज विद्यार्थी नेता, पार्टीका नेता, लगायत सम्पुर्ण विद्यार्थीहरुमा हार्दिक आभार व्यक्त गर्दै अध्यक्षमा चयन हुने खनाललाई बधाई ज्ञापन गर्नुभयो । उहाँले अनेरास्ववियुलाई आवश्यक सहयोग समन्वय र साथ सदैव रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
पौडेलको कार्यकालमा स्थानीय तहको निर्वाचन देखि विभिन्न आन्दोलनमा अनेरास्ववियु कपिलवस्तुको भुमिका उत्कृष्ट रहेको छ ।
बैठकका प्रमुख अतिथि रुपमा नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव शि।बि। गहतराज, विशिष्ठ अतिथि अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्चार्ज तथा विद्यार्थी इन्चार्ज टुकलाल गैरे, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज लेखनाथ खनाल, अनेरास्ववियु जिल्ला कमिटी पुर्वअध्यक्ष एवम अनेरास्ववियु केन्द्रीय सदस्य तथा कपिलवस्तु सह–इन्चार्ज बाबुराम अर्याल, अनेरास्ववियु जिल्ला सह–इन्चार्ज गोबिन्द प्रसाद आचार्य ९बिकास० ले अध्यक्ष खनाललाई बधाई ज्ञापन गर्दै र निवर्तमान अध्यक्ष पौडेललाई विदाई गर्नुभएको थियो । जिल्ला कमिटी सचिव सन्दिप आचार्यको सञ्चालनमा सम्पन्न बैठकमा जिल्ला कमिटी सदस्यहरुको उपस्थिती रहेको थियो ।