पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर २९ केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहीवार बिहानदेखि यो सडक दुईतर्फी नै बन्द भएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार पहिरो पन्छाएसँगै रोकिएका गाडी अहिले गन्तव्यतर्फ लागेका छन् । पहिरो पन्छाउनका लागि दुई वटा लोडरसहित एस्काभेटर प्रयोग गरिएको थियो ।