बाणगंगा नगरपालिकाको स्थानीय भू उपयोग कार्यान्वयन समितिको बैठक सम्पन्न भएको छ । बैठक बुधबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
बैठकमा सचिवालयले तयार पारेको भूउपयोग कार्यान्वयन कार्यविधि २०७९ को मस्यौदा माथि छलफल भएको नगरका प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिए ।
वडा नं।२ का वडाध्यक्ष समेत रहेका प्रवक्ता पौडेलका अनुसार मस्यौदा माथि छलफल हुनुका साथै समितिबाट सुझाव संकलन समेत गरिएको छ । समितिले यही भदौ २२ गतेबाट सबै वडाहरुमा गई सुझाव संकलन गर्ने निर्णय गरेको छ ।
नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा उपप्रमुख रिता कुमारी चौधरी, मालपोत कार्यालयका प्रमुख ऋषि पोख्रेल, जिल्ला नापी अधिकृत सुवास न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, ११ वटै वडाका वडाध्यक्ष, शाखा प्रमुखसहित अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।