नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् युवा नेता आशिष शर्माले कपिलवस्तु कांग्रेसलाई सुझाव सँगै कपिलवस्तु क्षेत्र नं. २ बाट संघीय सांसदका लागि आफ्नो दाबी पेश गर्नु भएको छ। भारतका लागि पूर्व राजदूत एवम् पूर्व मन्त्री दीप कुमार उपाध्यायका सुपुत्र शर्माले उम्मेद्वारी दाबी गरे सँगै कपिलवस्तु कांग्रेसमा चुनावी सरगर्मी बढेको कांग्रेस कपिलवस्तुका नेताहरु बताउँ छन् ।
शर्माले युवा भनेको देशको अनमोल शक्ति भएको र राष्ट्रको भविष्यको सबैभन्दा ठूलो पुँजी भएकोले पनि युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता महशुस गरी आफूले उम्मेद्वारी दाबी गरेकोबताउनु भयो । शर्माले भन्नु भयो । वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तन गामी शक्ति भएको त्याग, निष्ठा, बलिदान र नव निर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमुल्य निधि एवम् उदयीमान शक्ति भएकाले आफूले कपिलवस्तुको क्षेत्र नं। २ मा युवा वर्गको प्रतिनिधित्व गर्दै संघीय सांसदमा चाहना राखेको उहाँले बताउनु भयो ।
युवा नेता शर्माले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा आफनो पार्टी एवम् गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित गर्न पार्टीको ध्यान पुग्न नसकेको बताएका छन् । शर्माको पत्रमा सम्बन्धीत नेतृत्वले स्थानीय तहको विगतको निर्वाचनमा केन्द्रीय नीति निर्देशन अनुरुप सत्ता साझेदार दलहरू सँग समन्व्य र गठबन्धन गर्न गराउन नसक्दा पार्टीलाई क्षति पुगेको र त्यस निर्वाचन लगत्तै भएको जिल्ला समन्वय समितिको अनुकूल स्थीतिको प्रतिकृल परिणाम पछि पनि सम्पूर्ण परिणामको वारेमा समिक्षा र छफल समेत हुन नसकेको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनका बेला यस निर्वाचन क्षेत्र अन्तर्गत पर्ने वार्ड, गाउँपालिका र नगरपालिकाको टिकट वितरणमा सम्बन्धीत वा असम्बन्धित नेतृत्वले समझदारी र सहमतिको प्रयास हुन नदिएको वा नभएको वा प्रयास नै नगरेको । पार्टीमा आपसी असहिष्णुता, द्रेष र दुर्भावको कारणले संगठनमा क्षति पुगेको देखेर पनि महसुस नभएको र आन्तरिक छलफलबाट सह अस्तित्व स्वीकार गर्दै सामूहिक जीत र हारको बोध गराउने दायित्व तर्फ पहल नगरेको ।
सर्कुलर अनुसार पार्टीलाई उदारताका साथ व्यापक छलफल गरेर निर्णय गर्नु पर्नेमा सो नगरी निजात्मक स्वार्थ र संकुचित निर्णयले पार्टीलाई अपुरणीय क्षतिको संम्भावना देखिएको । पार्टीमा उदात्त व्यापक सद्भाव र आत्मियताको पुनस्थापना गर्दै पार्टीमा जेष्ठता, निरन्तरता, योग्यता र क्षमता भएका कार्यकर्ताहरुको सहकार्यबाट जीत सुनिश्चित गर्ने उद्देश्यले अहिलेको अवस्थामा सक्षम वैकलिप्क युवा नेतृत्वको पहिचान र प्रोत्साहनको आवश्यकता रहेकोमा, त्यसो नगरी निषेधको राजनीतिलाई अंगिकार गरेर निर्णय गरिने प्रवृत्तिले पार्टीलाई कसरी हित गर्ला र भन्ने गम्भीर प्रश्न चिन्ह सहित म लगाएत कांग्रेसमा आस्था राख्ने हजारौं युवामा व्याप्त रही रहेको र रही राखेमा समग्र पार्टीलाई यस क्षेत्रमा १८–४० वर्ष उमेर समूहका करिब ७० प्रतिशत मतदातालाई कसरी आकर्षित गर्न सकिएला र भन्दै शर्माले प्रश्न गर्नु भएको छ ।
शर्माले राजनीतिमा युवाहरु अहिले हस्तक्षेपकारी भूमिकामा आउँदै गरेको संकेत गत स्थानीय तहको निर्वाचनबाट भइ सकेको छ ।
देशका मुख्य मुख्य शहरहरुमा ३५ वर्ष मुनिका युवाहरु नै मेयरमा निर्वाचित भएका छन । पछिल्लो समय युवाहरुको ढुकदुकी बन्न सफल ती युवाहरु नै अरुका लागि मार्ग दर्शन बन्ने अवस्थामा नैपाली कांग्रेसमा पनि युवाहरुको कमी छैन । यहाँ अबसर प्राप्त गरेमा म र मेरो उमेर समूहका साथीहरु पनि संघीय संसदमा कपिलवस्तुको विषयमा स्पष्ट सँग आफना योजनाहरु राख्न त सक्छौं सक्छौँ, वरु त्यसलाई सफल कार्यान्वयन पनि गर्न सक्ने क्षमता पनि राख्दछौं ।
शर्माले आफ्नो ध्यानाकर्षण व्यक्तिगत मात्र नभएर आम कार्यकर्ताहरुको पनि चाहना हो, भन्ने बुझेर पार्टीले गम्भीरताका साथ आफनो निर्णयमा विचार गरोस भन्ने आग्रह गर्नु भएको छ । पार्टीले अवसर प्रदान गरेमा माथिका कमी कमजोरीहरुलाई हटाउन पार्टीमा व्यापक छलफल, आत्मियता र सद्भावको अभिवृद्धिबाट पार्टीको जीत सुनिश्चित गर्ने उद्देश्यले कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को संघीय संसद् पदमा प्रतिस्पर्धा गर्न इच्छुक उम्मेदवारको सूचीमा नाम समावेश गरी अवसर प्रदान गर्नुहुन अनुरोध गर्नु भएको छ ।
शर्माले आफू नेपाली कांग्रेसको राजनीतिमा लामो समय देखि नै क्रियाशील रहेको यहांहरुलाई अवगत नै छ । १३ औं महाधिवेशन पछि बनेको नेपाली कांग्रेसको नेतृत्वले मलाई केन्द्रीय उद्योग तथा व्यापार विभागमा सदस्यको जीम्मेवारी लिई, लुम्बिनी प्रदेशको संयोजक भएर कार्यकाल पूरा गरेका छन् ।
यस्तो छ शर्माको कार्य अनुभव
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ९एआटी० बाट एमबीए गरेका छन् शर्माले । शर्मासँग वित्तीय सेवा सहित विभिन्न क्षेत्रहरूमा व्यवसाय इकाई प्रमुखको रूपमा १४ वर्ष भन्दा बढीको कार्य गरेको अनुभव रहेको छ । यस्तै चौधरी समूको वित्तीय शीर्षकमा वरिष्ठ महाप्रबन्धकको रूपमा कार्य गरेको पनि अनुभव शर्मासँग रहेको छ । शर्माले कार्यकारी सदस्यको रुपमा उद्योग समिति, नेपाल चेम्बर अफ कमर्श र महासंघमा काम गर्नु भयो ।
नेपाल व्यवस्थापन संघमा सदस्यको रुपमा र विभिन्न कम्पनीको बोर्डमा सेवा र सञ्चालकको जिम्मेवारी सम्हालेको अनुभवी युवा हुन् शर्मा । शर्मा हिमालयन बैंक लिमिटेडको निर्देशकको रुपमा काम गरेको अनुभव छ । शर्माले अध्यक्ष युनाइटेड इन्स्योरेन्स कम्पनी ९नेपाल० लिमिटेडस् इजाजतपत्र प्राप्त एक अग्रणी सामान्य बीमा कम्पनी र नेपाल बीमा नियामक बिमा समितिमा रही कार्य गर्नु भयो ।
शर्माले बोर्डमा निर्देशकको रूपमा नबिल बैंक लिमिटेड, एक अग्रणी वर्ग ‘क’ वाणिज्य बैंकमा समेत काम गरेको अनुभव छ । नेपाल राष्ट्र बैंक, नेपाल केन्द्रीय बैंक द्वारा नेपाल इजाजतपत्र र नियमन युनाइटेड फाइनान्स कम्पनी लिमिटेडमा सञ्चालकको रूपमा कार्य गरेको अनुभव छ । शर्माले दर्जन बढी संस्थाहरुमा निर्देशकको रुपमा सफल नेतृत्व गरी सकेको बताउनु भयो । दर्जनौ संस्थाहरुमा नेतृत्व तहमा रही सफल रुपमा कार्य गरेका शर्मा राजनीतिमा आएर कपिलवस्तु जिल्लाको समग्र विकास नेतृत्व गर्ने आफूमा उत्कट चाहना रहेको बताउँनु भयो ।