बुटवल ।
रुपन्देहीको शुद्धोधनमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। शुद्धोधन गाउँपालिका ४ स्थित फर्साटिकर थारु गाउँ नजिकै खेतमा सोमबार विहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
शिशुलाई उद्दार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेको थियो। लगत्तै शिशुलाई लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको थियो । चिकित्सकले शिशुको अवस्था समान्य र स्वस्थ रहेको बताएपछि पुनः प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। शिशु कसले जन्माएर फालेको भन्ने बारे खोजी भैरहेको प्रहरी प्रवक्ता अर्यालले बताए ।