बर्दियाको बढैयाताल गाउँपालिकामा करार दरबन्दीमा रहेका कर्मचारीहरुले विभिन्न ५ शूत्रीय माग राखी गाउँपालिकाको मूल गेटमा तालाबन्दी गर्दै धर्ना दिएका छन् । उनीहरुले संयुक्त संघर्ष समिति बनाई शान्तिपूर्ण धर्ना अभियान सुरु गरेका हुन् ।
संघर्ष समितिले तत्काल करार म्याद थप्नुपर्ने, श्रमशोषण नगरी नेपाल सरकारले तोके अनुसारको पारिश्रमिक व्यवस्था गरिनुपर्ने, कामकाज गरिरहेका करार कर्मचारीहरुलाई नियतवस् विभिन्न आरोपसहित करार गर्न आलटाल गरिएकोमा सो नगरी साविक अनुसार नै कामकाज गर्नेगरी तुरुन्त करार गर्नुपर्ने, करार कर्मचारीहरुको दीर्घकालिन व्यवस्थपा हुनुपर्ने, करार कर्मचारीहरुको सम्बन्धमा सम्मानित उच्च अदालत नेपालगञ्ज इजलासबाट गरिएका विभिन्न मितिका आदेश कार्यान्वय गरिनुपर्ने लगायतका माग संघर्षरत कर्मचारीहले राखेका छन् ।
बढैयाताल गाउँपालिकाको निवर्तमान कार्यपालिकाले नियुक्ति गरेका ३८ जना करार कर्मचारीहरुको पारिश्रमिक वेरुजु आएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । पारिश्रमिक नै बेरुजु आएको अवस्थामा पुन नियुक्ति दिनु नीतिगत भ्रष्टाचार हुने उनको भनाइ छ ।
ुपालिकासँग आन्तरिक श्रोत पनि छैन । राजस्वबाट तलब खुवाउँदा बेरुजु आउँछ, अब कसो गरौं,ु उनले प्रश्न गर्दैभने पुरानो बेरुजु फर्छौट नभइ नियुक्ति दिन हामीलाई कठिन छ । बेरुजुको समस्या समाधान नभए सम्म गाउँपालिकाले करार कर्मचारीहरुको म्याद थप गर्न तथा नयाँ कर्मचारी भर्ना गर्न सक्दैन । अध्यक्ष त्रिपाठीले भने हामी आवेदन खोल्ने पक्षमा छैनौं ।