तीज पर्व भाद्र शुक्ल, द्वितीया देखि सुरु भई पञ्चमीसम्म मनाइने हिन्दु महिलाको विशेष पर्व मानिन्छ ।
नेपाली हिन्दू महिलाको महान पर्व तीजको रौनक धेरै दिन पहिले देखि नै हुन्छ । हिन्दु धर्मावलम्बीहरुको महान तथा विशेष चाडको रुपमा परिचित यस पर्वमा महिलाले आफ्नो श्रीमान्को लामो आयु र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ ।
आधुनिक समाजमा तीजको महत्वलाई जुन रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । तीजको अघिल्लो दिन महिलाले मीठा भोजनका परिकार खाने र तीजको दिन नीराहार ब्रत बस्ने चलन छ ।
तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिला सुयोग्य वरको आशा राखी ब्रत बस्ने चलन छ ।
तीजमा विवाहिता महिला आफ्ना पतिको दीर्घायुको कामना गर्दै ब्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता महिला सुयोग्य वरको आशा राखी ब्रत बस्ने चलन छ । ब्रतको दिन महिलाले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीलाई दान दक्षिणा दिने चलन छ ।
संस्कृतिविद् जगमान गुरुङका अनुसार तीज बुबा माईती र छोरीबीचको सदभावको पर्व हो । गुरुङ भन्नुहुन्छ, “तीज एक सामाजिक पर्व हो । विवाह गरेर पतिका घरमा गएका चेलीलाई माइतीमा दर खुवाई परिवारका सदस्यहरु भेला भई नाचगान गर्ने र सुखदुख साट्ने हुँदा यस पर्वले समाजिक महत्व राख्छ ।”
उहाँका अनुसार तीज महिलाको स्वास्थ्य लाभको पनि पर्व हो । महिलाको पक्षबाट हेर्ने हो भने महिलाको स्वास्थ्य लाभ भएपछि आफ्नो श्रीमानलाई आफूप्रति आकर्षित गराउन सकिन्छ र जायजन्म गराउन सकिन्छ । तीजको ब्रतले सकुशल गर्भधारण गर्न सकिने र जायजन्म गराएर छोराछोरी हुर्काउन सजिलो हुनेसमेत धार्मिक आस्था रहेको गुरुङको भनाइ छ ।
विवाह गरेर पतिका घरमा गएका चेलीलाई माइतीमा दर खुवाई परिवारका सदस्यहरु भेला भई नाचगान गर्ने र सुखदुख साट्ने हुँदा यस पर्वले समाजिक महत्व राख्छ ।