रुपन्देहीमा सवारी दुर्घटनाबाट १ जनाको मृत्य

गएराती शिवपुर बाट स्कुटरमा तिलोत्तमा ८, ४ नम्बर जादै गर्दा तिलोत्तमा ८, ४ नम्बर बस्दै आएका ३० बर्षिय आशिक थापाको मृत्यु भएको हो । गयराती अवेर भएको दुर्घटना पछी मृतक थापा दुर्घटना स्थल नजिक रहेको कुलोमा खसेको स्थानियले बताएका छन । दुर्घटनाको आवाज सुनेका स्थानियले खोजि गर्दै जादा करिव १ किलो मिटर तल शिवपुर नै मृतकको शव भेटिएको छ ।

मृतक थापाको शवपोष्टमार्टमका लागी बुटवल लगीएको केही समयमै अन्तीम संस्कार गरिने परिवारका आफन्तले बताएका छन । मृतक थापाले अटो रिक्सा चलाउदै आउनु भएको थियो ।

तपाईको प्रतिक्रिया !

यो पनि पढौँ

भर्खरै