कपिलवस्तु ।
साताको हरेक मंगलबार साप्ताहिक रुपमा बन्दै हुदै आएका कपिलवस्तुका व्यवसायकि क्षेत्रहरु आज देखि भने खुल्ला भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतमा रहेर संचालनमा रहेका व्यवसायिक पसलहरु चडपर्वलाई लक्षित गरी मंगलबार पनी खुला गरिएको हो ।
नेपालीका विभिन्न चाडपर्वहरु नजिकिए संगै साप्ताहिक रुपमा मङ्गलबार बन्द रहदै आएका बजारहरु आजबाट दैनिक खुल्ने कपिलवस्तु उद्योग वाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिए । विभिन्न चाडपर्व नजिकिएसंगै स्थानीयको आवश्यकतालाई मध्यनजर गर्दै बजारहरु खुल्ला गरिएको पौडेलले बताए ।
यस अघि कपिलवस्तु उद्योग वाणिज्य संघको मातहतका बजारहरु साप्ताहिक रुपमा मंगलबार बन्द रहदै आएका थिए । साप्ताहिक रुपमा बन्द रहेका बजारहरु खुलेसंगै स्थानीयलाई किनमेलमा सहज हुने छ ।
चाडपर्वहरु नजिकिदै आएपछि यतिबेला कपिलवस्तुका बजार तथा पसलहरुमा सेवाग्राहीहरुको संख्या पनि बृद्धी हुदै गएको छ । यद्यपी कोरोना काल पछिको पछिल्लो दुई वर्ष यता भने कपिलवस्तुका बजारमा पहिले जस्तो नागरिकहरुको चहलपहल र कारोवार बृद्धी हुन नसकेको व्यवसायीहरुको गुनासो छ ।
कपिलवस्तुको तौलिहवामा विगत ३० वर्ष लामो अवधि देखि कपडा पसल संचालन गर्दै आएका एक व्यवसायी भन्छन् , पहिले जस्तो कारोवार छैन । आफ्नै घरमा पसल छ र अलि सजिलो छ । भाडमा व्यवसाय संचालन गर्नेहरुलाई धेरै गाह्रो छ ।