कपिलवस्तु ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित विभिन्न चार दलले घोषणा गरेको नेपाल बन्दका कारण कपिलवस्तु सहित विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
मंगलबार बिहान कपिलवस्तुको बाणगंगामा आज बिहानै देखि राजमार्ग सुनसान छ भने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । पुर्व पश्चिम राजमार्गमा प्रहरी परिचालित छन भने बजार सुनसान बनेका छन् । यद्यपी मोटरसाइल भने फाट्टफुट्ट चलेका छन् ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघनन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले आजको लागि नेपाल बन्दको घोषणा गरेको हो ।
ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गरेका छन् ।