प्युठानमा जीप दुर्घटना हुँदा आठ जना यात्रु घाईते भएका छन्। दाङको भालुबाङबाट प्युठान जाँदै गरेको लु २ ख ६५६९ नम्बरको विङ्गर जीप प्युठानको सरुमारानी गाउँपालिका(४ कुडुँले नजिकै दुर्घटना भएको हो ।
घाईतेमध्ये १ जनाको अवस्था गम्भीर छ। अन्य ७ जना समान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ ल्याइएको छ । ब्रेक फेल भएर जीप अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले बताएको छ ।
गाडी सडकबाट करिब २० मिटर तल खसेको थियो । घाईतेहरुलाई सरुमारानी गाउँपालिकाका नगरप्रहरी, नेपाल प्रहरीसहित स्थानीयले उद्धार गरि अस्पताल पठाएका छन्।