सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आसन्न निर्वाचनलाई लक्षित गरी शुरु गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाएको छ ।
कांग्रेसले भदौ १० गतेबाट शुरु हुने ‘जनताको साथका कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो । प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आइतबार केन्द्रबाट खटाइएका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीसहितको लिखित पत्र दिएका छन् ।
पत्रमा पार्टीको विजय अभियान सफल बनाउन जनताको साथमा कांग्रेस अभियानलाई व्यापक बनाउन केन्द्रीय प्रतिनिधिको जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
कांग्रेसले राष्ट्रव्यापी अभियानका लागि खटाइएको केन्द्रीय प्रतिनिधिहरलाई जिम्मेवारी पूरा गरेर केन्द्रीय कार्यालयमा लिखित प्रतिवेदन बुझाउन भनिएको छ ।
गत साउन २ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी निवाृचन केन्द्रीय राष्ट्रव्यापी अभियान चलाउने निणर्य गरेको थियो । साउन २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले राष्ट्रव्यापी अभियान भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।