कपिलवस्तुको प्रतिनीधी सभा क्षेत्र नंं. २ बाट नेपाली कांग्रेसका नेता सुधाकर पाण्डेले आगामी मंसिर ४ गते हुने निर्वाचनमा संघीय सांसदमा उम्मेद्धवारी दिने समभावना रहेको छ ।
२०४० सालमा पंचायती सासन बिरुद्ध मधेस आन्दोलनको नेतृत्व गर्दै नेपाली कांग्रेको राजनितिमा होमिएका पाण्डे एक कार्यकाल जिल्लाको कार्यवाहक सभापति एक कार्यकाल जिल्ला सभापति भएर पार्टीलाई सक्रिय रुपमा अगाडि बढाउनु भयो ।
२०६४ सालको निर्वाचनमा हाल नेकपा एमालेबाट सांसद रहेका बृजेस कुमार गुप्ता संग केही मत अन्तरले पराजय भोग्नु पर्यो २०७० सालको निर्वाचनमा पनि प्रतिनीधी सभाको निर्वाचनमा पनि बृजस कुमार गुप्ता संगै निर्वाचन लडेका पाण्डे झिनो मत अन्तरले पराजय भोग्नु पर्यो । गत निर्वाचनमा पनि लुम्बिनी प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसबाट टिकट प्राप्त गरि निर्वाचन लडे पनि वागि उम्मेद्धवारका कारण पराजय भोग्नु पर्यो । पाण्डे नेपाली कांग्रेस भित्रका सबैका साझा लोक प्रिय नेताका रुपमा कहलिदै आएका छन् । त्यति मात्रै होईन नेता पाण्डे कार्यकतामा पनि लोक प्रिय रहेका छन् । सामान्य शोभावका पाण्डे राजनैतिक यात्रामा पार्टी प्रति उनको योगदान अमुल्य पार्टीको संगठन बिस्तार देखि लिएर अन्य कुराहरुमा पनि उनको योगदान महत्वपुर्ण रहेकाले आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तुको क्षेत्र नं. २ बाट कस्ले टिकट पाउला भन्ने बिषयमा चर्चा चलि रहेका बेला पाण्डेले टिकट पाउने अहिले सम्म प्रबल समभावना रहेको छ ।