अर्घाखाँचीको सितगंगा नगरपालिका १३ मुसिवाङ्ग ,माझिफाट लगाएतका क्षेत्रका बासिन्दा मुसिवाङ्ग खोलामा गाडी आवत जावत गर्ने पुल नहुदाँ सास्ती खेप्नु परेको छ ।
माझिफाटका अशोक क्षेत्री कि २२ वर्षिया पत्नी नाम परिवर्तन सिता सुत्केरी भए पछि डोलीमा अस्पतालबाट घर लैजादै गर्दा संचारकर्मी सँग जम्काभेट पश्चात सो घट्ना बाहिर आएको हो । सुत्केरी बेथा सितालाई ३ दिन अघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।
बुटवल बाट मुसिवाङ्ग खोला नजिक सम्म सवारीमा ल्याएका उनिहरुले खोलामा पुल नबन्दा सवारी घर सम्म नगएका कारण करिव ३ किलोमिटर बोकेर घर लान बाध्यता रहेको उनीहरुले बताए ।
हिजो सुत्केरी भए पछि उनका श्रीमान अशोक र आफन्तहरुले कपडा घारोमा बाधेर डोलो बनाई घर सम्म पुर्याएका हुन् ।
त्यहाँका करिव १ सय घर परिवार आपतकालिन अवस्थामा यस्तै दुखेसो व्यहोर्न बाध्य भएको स्थानिय गणेश वि.सी.ले बताएका छन् । नजिकै आधारभुत विद्यालय भए पनि माध्यमिक तहका लागि विद्याथीहरु दैनिक ६ किलो मिटर जंगलको बाटो भएर कपिलवस्तु जिनुवाको विद्यालय पढ्न पर्ने बाध्यता स्वास्थ्य अभावका कारण हुने खानेहरु बसाई सराई गर्नेको दर बढेको स्थानिय बताउछन् ।
शितगंगा १३ का वडाध्यक्ष दुर्गा वि.सी.ले पुलका लागि वडाको बजेटले नभेटने तर नगर र प्रदेश सरकारमा पट्क पट्क पहल गरेका कारण सर्वे डिपिआर सम्म भएको आगामी वर्ष पुल बन्ने आशामा आफुहरु रहेको बताए । हाल नगरकि उपमेयर गिता वि.सी. समेत सोहि वडा कि हुन् ।
६ महिना अगाडी सोहि स्थानमा आधारभुत स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बनेर आएका प्रदेश संसद रामजी घिमिरेसँग स्थानियले पुल अभावका कारण सास्ती खेप्नु परेको भन्दै पुल निर्माणका लागि जोडदार माग गरेका थिए ।