नेपालको पश्चिम तराई मधेसी समुदायका महिलाहरुले छोरोको स्वस्थ र आयुलाई अझै राम्रो कामना गर्दै तिन छठ्ठी पर्व विषेश पुजा पाठ गर्नेका छन् । परम्परागत रुपमा तिन छठ्ठी माताको पुजा गर्ने गरिन्छ ।
पहिलोदेखि नै आमाहरुले तिन९छट्ठी पर्व परम्परागत रुपमा मनाउदै आईरहेका छन । बिहान महुवा को दतुइन गर्ने , महुवा , तिन्नी को चामल , दही र सिन्दुर सामग्रीहरु बाट हिन्दु धर्मको परम्परागत विधि बाट पुजा पाठ गर्ने परिचालन रहेको छ । यस पर्वमा घाँसे कुसमा ६ वटा गाँठ पारी महुवा र तिन्नी नाम गरेको चामलको पुजा पाठ गरी आफ्ना छोराहरुलाई टिका टाला गर्ने गरिने स्थानीय मन्ना नाउँले बताइन ।
तिन छठ्ठी पर्व परम्परागत रुपमा चली आइरहेको कारणले मन्दै आएको छु । जुन महिलाको छोरा छन भने मात्रै तिनछट्ठी माता जी को व्रत बस्ने परम्परा रहेको छ । जुन महिलाको छोरा छैन भने तिन छठ्ठी माता संग अनुरोध गर्यो भने माता ले छोरा दिनु हुन्छ यो परम्परा रहेको कुरा अमरावती केवट ले बताइन ।
ब्रत बस्ने आमाहरुले बिहान देखी गौधुली साँझसम्म निराजल रही साँझ हुनु भन्दा अगावै तिन्नी चामलको भात पकाई साग र दहीसंग खाने गर्छन । तिन(छठ्ठीका ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न(जाने र जोतेको खेतबाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान नहुने विश्वास रहेको छ ।
व्रतालु महिलाहरू घरभन्दा बाहिर खनजोत नगरिएको न खेतमा गई कुसमा ६ वटा गाँठ पारी पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोराको कथा९कहानी० भन्ने गर्दछन भने कतिपय महिलाहरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गर्ने गरेको पाइन्छ ।