तेह्रथुमको आठराई गाउँपालिकामा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक योगराज सुवेदीका अनुसार मंगलबार राति अरिंगालले टोकेर गम्भीर घाइते भएका चुहानडाँडास्थित हिलेका २८ वर्षीय मिलन कान्दङवाको मृत्यु भएको हो।
अरिंगालको टोकाइबाट गम्भीर घाइते भएका कन्दङवालाई परिवारले थप उपचारका लागि झापाको बिर्ता सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरी निरीक्षक सुवेदीका अनुसार कन्दङवाको मृत्यु उपचारकै क्रममा बुधबार बिहान भएको हो।