नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ बैठक बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बसी रहेको छ ।
बैठकमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा सँगको सहकार्य र मोर्चाबन्दीबारे छलफल हुने एक नेताले जानकारी दिए ।
डा.भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग सह मति जनाएका छन् । सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारी समेत भइरहेको छ ।
हिजो नै बस्ने भनिएको स्थायी कमिटी बैठक नेताहरुको कार्य व्यस्तताको कारण देखाउँदै आज बिहान सम्मका लागि सारिएको थियो ।
आजको बैठकमा आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।