२०६४ साल देखि कपिलवस्तुको पश्चिमी क्षेत्रमा चुनाव जित्दै आएका अभिषेक प्रताप शाह आसन्न चुनावमा लड्ने पक्का पक्की छ ।
मंसीर ४ गते तोकिएको संघीय र प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट कपिलवस्तु क्षेत्र नं ३ मा भने निर्विकल्प देखिनु भएको छ ।
२०६४ सालमा कमै उमेरमा चुनाव जित्ने मध्येका एक थिए शाह । नेपालका कान्छो सभासद् बनेर चर्चा कमाएका शाह २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पनि शानदार रुपले विजयी हुनु भएको थियो ।
तत्कालिन संघीय समाजवादी फोरमले देशभर चुनाव हार्दा शाहले सोही पार्टीबाट २०७० मा चुनाव जित्नु भएको थियो।
देशभर खस्कदो पार्टीको साख शाहले बचाउनु भएको थियो।
०७४ मा निर्वाचनको पूर्व सन्ध्यामा कांग्रेस प्रवेश गरेका शाहले बामगठबन्धनका इश्वर दयाल मिश्र र पाका नेता मंगलप्रसाद गुप्तालाई पराजित गराउनु भएको थियो ।
मिश्र ०६४ मा तराई मधेस लोकतान्त्रिक पार्टी ९तमलोपा० बाट तत्कालिन क्षेत्र नं। ४ मा चुनाव जितेका अनुभवि नेता हनु हुन्थ्यो भने गुप्ताले बहुदल पश्चात पटक(पटक चुनाव लडेको अनुभव सम्हालेनु भएको थियो ।
दुबै नेतालाई पराजित गरेका नेता शाहले आसन्न निर्वाचनमा पनि आफू उम्मेद्वार रहेको बताउनु भयो ।
कपिलवस्तु क्षेत्र नं. ३ बाट म नै उम्मेद्वार हुँ । मैले पटक पटक चुनाव जित्दै आएको छु । यो पालि पनि पार्टीले मलाई नै टिकट दिन्छ, उहाँले भन्नु भयो ।
नेता शाह पुनः सांसदको आकांक्षी भर्इ रहदा अरु नेताहरुले खुलेरै प्रतिनिधिसभा क्षेत्र नं. ३ मा चुनाव लड्ने बताएका छैन् ।
केन्द्रमा रहेको ५ दलिय गठबन्धनबाट प्रतिनिधिसभा ३ मा कांग्रेसले टिकट पाउने लगभग पक्का छ । कांग्रेस भित्र कस्ले टिकट पाउँछ यसै भन्न सकिने अवस्था नभए पनि शाह यस क्षेत्रमा प्रवल दावेदार हुनु हुन्छ ।