कपिलवस्तु जेसिजद्धा लागु औषध तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
कपिलवस्तु जेसिजको सप्ताह व्यापी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम बुधवारलबार बाणगंगा ८ लौगाईको वाणगंगा बहुमुखी क्याम्पसमा कार्यक्रम सम्पन्न भएको हो । समाजमा बढ्दो लागु औषध नियन्त्रणका लागि र सवारी साधन दुर्घटनाबाट हजारौ व्यक्तिले अकालमा ज्यान गुमाउनु परेका बिषयमा दुर्घटना न्युनीकरणका लागि ट्राफिक सचेतना सम्बन्धी कार्यक्रमको आयोजना गरिएको कपिलवस्तु जेसिज बर्ष २०२२ का अध्यक्ष गुरुदेव पौडेलले बताउनु भयो ।
कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको बताउँदै अध्यक्ष पौडेलले सामाजिक क्षेत्रमा क्रियाशिल कपिलवस्तु जेसिजले विगतमा पनि यस्ता कार्यक्रम गर्दै आई रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो। बिद्यार्थी भनेको कितावको किरो मात्र नभएर बाहिरी ज्ञान सम्बन्धी सचेताहुनु आवश्यक रहेको बताउदै धेरै कलेज पढ्ने युवाहरु जानी नजानी साथी भाईको लहई लहईमा लागेर लागु औषध दुव्र्यसनीमा लाग्ने गरेको र ट्राफिक नियम सम्बन्धी ज्ञानको अभावका कारण सवारी दुर्घटनाबाट धेरै युवा युवतीले अकालमा ज्यान गुमाउनु परेकोले कलेज पढ्ने बिद्यार्थीका लागि लक्षित गरेर कार्यक्रम आयोजना गरिएको अध्यक्ष पौडेलको बताउनु भयो ।
लागु औषध तथा दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम र ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुको सहकार्यमा प्रहरी निरिक्षक दिपक वावु के.सी.,प्रहरी नायव निरिक्षक हरि जिसीले कार्यक्रम सम्बन्धी प्रशिक्षण दिएको कपिलवस्तु जेसिज बर्ष २०२२० का महासचिव चन्द्रकान्त पोख्रेलले जानकारी दिनु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल,वडा अध्यक्ष वावुराम अर्याल,वाणगंगा क्याम्पस प्रमुख डिवी रेस्मी वाणगंगा माविका प्राचार्य कुलराज पौडेल,शिक्षक, शिक्षिकाको, विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।