कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ११ बडेगाउ बस्ने युवा समाज सेवी गंगेश नाथ तिवारीको चर्चा मंसिर ४
गते हुने प्रदेश सभा सदस्यमा कपिलवस्तुको निर्वाचन क्षेत्र नं २ को क’ बाट उमेदवारी दिने बिषयमा तिवारीको चोक चोकमा चर्चा सुरु हुन लागेको छ ।
तिवारी एक सामाजिक अभियन्ता भएर करिब दुई दशक देखि विभिन्न सामाजिक कार्यमा समाज सेवा गर्दे आएका एक शिक्षित व्यकितत्व , स्वच्छ छबि भएका, इमानदार, युवा संघर्ष शील, कर्तव्य परायण, निष्ठावान व्यक्तित्व रहेकाले उनलाई स्थानीय समाज सेवी बुद्धिजिवीहरुले समाज सेवामा लागेका सक्रिय युवाहरु राजनितिमा आए मात्र देशको बिकास हुने भन्दै तिवारीलाई आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा सहभागि हुनका लागि आग्रह गरेका छन ।
तिवारीले आजका कुरा अनलाईन संग कुराकानी गर्दै प्रदेश सभा सदस्यमा तपाई को चर्चाको बिषय केहो भनी प्रश्न गर्दा तिवारीले जनता लोकतंत्रमा सबैभन्दा सर्वोपरि रहेको जनताको साथ र समर्थन आफू पाउने आशा समेत रहेको बताउदै जनताको चाहना , पार्टी कार्यकर्ता तथा नेकपा एमाले पार्टीको निर्णय आए आफू पछाडि नहटाउने बताए ।