कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कोइली नदिले एकै परिवारका तीन जनालाई बगाएको छ । मंगलबार बिहान जंगली साग ९निउरो० टिप्न भलवाड स्थित कोटिहवा सामुदायिक वन क्षेत्र भित्र पर्ने कोइली नदिमा पुगेका बाणगंगा ७ स्थित बाणिगाउँका वर्ष ३१ का बिरबहादुर सुनार, उनकी पत्नी वर्ष २६ कि राममाया सुनार र वर्ष १२ का छोरा निरज सुनारलाई खोलामा आएको बाढीले बगाएको थियो ।
बाढीको बहावले छोरा निरजलाई करिब ५ सय मिटर तल पु¥याए पछि नदि किनारमा फालेको थियो भने उनी सकुशल रहेका छन् । उनलाई हाल कोटिहवा वनका अध्यक्ष फर्सबहादुर बस्नेतको घरमा राखिएको छ । यद्यपी उनकी आमा २६ वर्षीय राममाया सुनारको भने नदिले बगाएको स्थान देखि झण्डै १ किलो मिटरको दुरीमा शव फेला परेको थियो भने आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा उनका श्रीमानको पनि शव फेला परेको छ ।
अविरल बर्षा संगै आएको बाढीले बगाएर वेपत्ता भएका दुई जना मध्ये दुवै जनाको शव भेटिएको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।