संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालयका उपसचिव नेपालको साथबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको हो । गाडीमा भेटिएको यो रकम सहित उनको साथबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ ।
यस अघि आयोगले उपसचिव नेपाललाई नागपोखरीको एक होटलबाट ६ लाख रुपैयाँ घुस सहित रङ्गेहात पक्राउ गरेको थियो । उनले पर्यटन व्यवसाय दर्ताका लागि घुस लिइ रहेको अख्तियारले जनाएको छ ।