कपिलवस्तुको बुद्धुभुमी नगर पालिकाकोका गौरवको आयोजना बुढ्ढी तालमा ढुंगा संचालन गरिएको छ । लुम्बिनी प्रदेश प्रदेशको पर्यटन ग्रामीण, तथा शहरी विकास मन्त्रालयको सहयोगमा नगरपालिका वडा नम्बर ४ बुढ्ढी तालमा ढुंगा संचालन गरिएको हो ।
पर्यटन ग्रामीण, तथा शहरी विकास राज्य मन्त्री रिना नेपाल र मेयर केशव कुमार श्रेष्ठले संयुक्तरुपमा रिबन काटे पछि ढूगाामा सयर गरी उदघाटन गरिएको थियो ।मन्त्रालयले बुढ्ढी तालको पर्यटकीय विकासकालागि कुल २६ लाख ९६ हजार लगानी गरेको मन्त्रालयका ईन्जीनीयर रोशन प्रसाद ताम्राकारले बताउनु भयो ।
त्यस मध्ये ८ लाख लागतको २ वटा मोटरले चल्ने र २ वटा पाईडिलले चल्ने गरी कुल चार बटा ढुंगा संचालन गरिएको हो । सो अवसरमा राज्य मन्त्री नेपालले ताल सहीत बुद्धभुमी नगरपालिकाको पर्यटकीय विकासकालागि यो महत्वपुाणर्् काम भएको बताउनु भयो ।। उनले प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि समेत बुढ्ढी तालको विकासकालागि ६० लाख बजेट बिनियोजन गरेको बताउनु भयो ।
सो अवसरमा मेयर श्रेष्ठले बुढ्ढी ताललाई नगरले गौरवको आयोजनामा राखेर कार्य अघि बढाएको बताउदै बुड्डीताल सहीत नगरपालिकाको पर्यटकीय विकासका लागि प्रदेशले लगानी बढाउदै जाने कुरामा आफु बिश्स्त रहेको र नगरपालिकाले पनि आवश्यक बजेट तालको पर्यटकीय विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो ।
उहाँले तालको डिपिआर तयार गरी एक अर्व भन्दा बढी लगानी गर्ने योजना रहेको बताउनु भयो । उहाँले श्रोत ब्यवस्थापनकालागि संघीय र प्रदेश सरकारमा यस बारे जानकारी गरी आवश्यक बजेट माग गरिएको बताउनु भयो ।
हामीले बुढ्ढी ताललाई सुन्दर र रमणीय बनाएर पर्यटकलाई आकषर्ण गर्ने गरी काम अघि बढाउने छौ ’ उहाँले भने । सो अवसरमा पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख मुक्ति प्रसाद पाण्डेयले ८० बिघामा फैलिएको चार वटा पोखरी भएको बुढ्ढी तालमा ढुंगा संचालन भए पछि यसका आकषर्ण झन बढेको बताए । उनले ताललाई अझ ब्यस्थित र रमणीय बनाउनु पर्ने बताउनु भयो ।। निबर्तमान वडाध्यक्ष पवन कुमार चौधरीले तालको विकासमा स्थानीय लागी परेको बताउनु भयो ।
उहाँले तालको विकासकालागि नगर, प्रदेश र संघीय सरकारले आवश्यक रकम उपलब्ध गराउनु पर्ने बताए । तालको समग्र विकास र आयआर्जनकालागि नगरपालिकाले बुढ्ढी गाउबासी कै जिम्मामा तालको ब्यवस्थापन गर्न दिएको छ ।
तालमा स्थानीयबासीले माछापालन, कुखुरा हास पालन र खसी बोकाहरुको समते पालेर आयआर्जन गरीरहेको छन । तालमा बोटिङ स्टेशन, आरसिसि ढलान समेत गरी आवश्यक रकम खर्च भएको डिभिजन कार्यालयका लेखा अधिकृत बिनोद कुमार पौडेलले बताउनु भयो ।
उदघाटन कार्यक्रममा कांग्रेस प्रदेश सदस्य प्रेमलता भट्ट, पत्रकार महासंघका जिल्ला सभापति किरणमान बज्राचार्य संघका कोषाध्यक्ष मोहन बेल्बासे, युवा नेता रोमलाल खनाल लगायतको सहभागीता थियो ।