अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्नु भएको हो ।
नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै बताएउनु भएको छ।
उहाँको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनु भयो।
कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागे पछि उहाँले राजीनामा दिनु भएको थियो। संसदीय विशेष समितिले शर्मालाई निर्दोष सावित गरे सँगै उहाँलाई फेरि मन्त्रीमा फर्कने बाटो खुलेको हो।