नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषय वस्तु बारे कुराकानी भएको छ ।
सत्ता गठबन्धनमा रहेको माओवादीसङ्ग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, अब कसरी अगाडि बढ्ने, निर्वाचन मिति घोषणा लगायत विषयमा कुराकानी भएको बताइएको छ । अध्यक्ष दाहालले विभिन्न सार्वजनिक कार्यक्रममा केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउनु भएको थियो ।
गृहमन्त्री खाणले बिहीबार साझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासङ्ग पनि उहाँकै निवासमा पुगेर कुराकानी गर्नु भएको थियो ।