डिभिजन बन कार्यालय कपिलवस्तुले वन संवर्द्धन व्यवस्थापन सहजिकरणका लागि मिडिया अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कपिलवस्तुको आयोजनामा गोरुसिंङ्गेको मायाज होटलमा हायोजित कार्यक्रममा डिभिजन वन कार्यालय कपिलवस्तुका डिभिजन वन अधिकृत विजयराज सुवेदिले वन व्यवस्थापनका फरक आयामहरु र दिगो वन व्यवस्थापन के हो भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले विगतमा वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार वन कार्ययोजना तयार गरी कार्यान्वयन हुदैं आएको बताउनु भयो ।
सोही अवसरमा जिल्लामा रहेर वन वातावरणत तथा वन्यजन्तु , सिमसार र वन विकासमा पत्रकारीताको माध्यमबाट योगदान पुर्याएको भन्दै बरिष्ठ पत्रकार विकास वञ्जाडेलाई नगद रु दश हजार र सम्मान पत्रले सम्मान गरिएको थियो । त्यस्तै विभिन्न क्रियाकलापमा योगदान गर्ने प्रतिभा सामुदायीक वन, नव प्रभात सामुदायीक वन र खुतखुते सामुदायीक बनलाई नगद रु ७ हजार ५ सय का दरले र सम्मान पत्रले सम्मान गरिएको थियो । जिल्लाका करिब ३५ भन्दा बढि पत्रकारहरु उपस्थित रहेको कार्यक्रमको सञ्चालन डिभिजन साहयक वन अधिकृत खिल बहादुर तामाङले गर्नु भएको थियो ।