कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित कपिलधाममा साहित्य चौतारिमा बुधबार स्वर्गीय साहित्यकार तथा कवि लेखनाथ ज्ञवालीको शालिक अनावरण गरिएको छ ।
कवि लेखनाथ ज्ञवाली साहित्य प्रतिष्ठानको आयोजनामा कवि ज्ञवालीको १२ औँ स्मृति दिवसको अवसरमा आयोजित कविको प्रतिमा अनावरण, स्रष्टा सम्मान, सिर्जना वाचन तथा कृति विमोचन कार्यक्रत्रम अन्र्तगत साहित्य चौतारीमा प्रतिमा अनावरण गरिएको हो ।
साहित्य तिर्थ स्थलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कवि ज्ञवालीको शालिकमा माल्यार्पण गरी शालिक अनावरण गर्नुभयो । कार्यक्रममा उहाले साहित्यक स्रष्टाहरुको पवित्र स्थल कपिलधाममा कवि लेखनाथ ज्ञवालीको पनि प्रतिमा अनावरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले कविको सम्मान गर्र्ने स्थलको रुपमा कपिलधाम विकास भएको र आफु यस अघि पनि यस भुमिमा आएको सुनाउँदै उहाँले कवि लेखनाथ ज्ञवालीका प्रकाशित र अप्रकाशित कृतिहरुको विचारलाई संचार गर्न अब थप टेवा पुग्ने बताउनुभयो ।
शालिक अनवारण पछि आयोजित स्रष्टा सम्मान, सिर्जना वाचन, कृति विमोचन कार्यक्रम कपिलधाम परिसर भित्र निर्मित ध्यान केन्द्रमा आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न स्रष्टाका ६ वटा कृतिहरु विमोचन गरिएको छ । यस्तै साहित्यकार तथा कवि अर्जुन प्रसाद पौडेललाई लेखनाथ ज्ञवाली प्रज्ञा पुरस्कारबाट सम्मानित हुनुभएको छ भने कुन्तादेवी नारी सम्मान प्रतिभा पुरस्कारबाट साहित्यकार तथा कवि बिजु पछाई खातीलाई नगद राशी सहित सम्मान प्रकट गरिएको छ । दुबै जना कविहरुलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपछि गंगाप्रसाद उप्रेति र कवि लेखनाथ ज्ञवाली साहित्यीक प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेलले पुरस्कार प्रदान गर्नुभएको हो ।
यस्तै स्रष्टा सम्मान अन्र्तगत कपिल आरोग्य मन्दिर कपिलधामा अध्यक्ष शंकरप्रसाद आचार्यलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ भने नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगत प्रसद उपाध्याय र काव्य विभाग प्रमूख प्रा.डा. हेमनाथ पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा विभिन्न प्रतिष्ठान तथा साहित्यिक संघ संस्थाहरुमा आबद्ध साहित्यकार तथा कविहरुले आफ्ना रचना सँगै कवि लेखनाथ ज्ञवालीको स्मरण गरेका थिए । कार्यक्रम कवि लेखानथ ज्ञवाली साहित्यिक प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेलको अध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतिको प्रमूख आतिथ्यता रहेको थियो । कार्यक्रममा करिब ७० बढी साहित्यकारहरुको उपस्थिति रहेको थियो ।