गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको गुल्मीदरवार गाउँपालिका वडानम्बर(२ निवासी २८ वर्षका लेकबहादुर पाल्पालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताउनु भयो ।
गाउँपालिकाको हटिया बजारबाट ठुलाचौर जाने क्रममा लु६प २०२० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर चालक पाल्पालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाइ पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा राखिएको प्रहरी नायव उपरिक्षक खरेलले बताउनु भयो ।