कपिलवस्तुको मायादेवी गाउँपालिकाले अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुलाई तत्कालका लागि हटाएको छ ।
आफु मातहतका कार्यालयलाई साउन १ गते देखि करार र ज्यालादारी कर्मचारीहरुलाई हाजिरी नगराउन निर्देशन दिदैं गाउँपालिकाले एक सूचना निकालेको छ ।
प्रमुख प्रशासकीय अधिकृत प्रमेश्वर यादवद्धारा हस्ताक्षरित सूचनामा साउन १ गते देखि करार र ज्यालादारीको हाजिरी अर्को व्यवस्था नभएसम्मका लागि नगराउने उल्लेख छ ।गएको बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष र उपाध्यक्ष जितेका थिए ।