जिल्ला प्रहरी कार्य रौतहटले नावालिका अपहरण गर्ने एक व्यक्तिलाई वालिका अपहरण गरेको २ घण्टामै पक्राउ गर्न सफल भएको छ ।
आफ्नै घर बाहिर खेल्दै गरेको अवस्थामा छोरीलाई नदेखे पछि उनका वावु आमा घर परिवारले छर छिमेक तथा गाँउघरमा खोज तलास गर्ने क्रममा बेलुका ७ :३० बजेको समयमा एक्कासी पिडितको आफन्तलाई तत्काल नामथर वतन एकिन नभएको व्यक्तीले फोन गरी तेरो छोरीलाई हामीहरुले अपहरण गरी बन्धक बनाई राखेका छौं ।
छोरी वचाउनु छ भने रु,२० बिस लाख रकम राजपुर न.पा. को ईद्रिश गेटमा लिएर आउनु, सो रकम नल्याएमा र हामीले तिम्रो छोरी अपहरण गरी बन्धक बनाई फिरौती मागेको कुरा प्रहरी अथवा अन्य कसैलाई भनेमा अपहरित वच्चाको ज्यान मारी फालि दिने धम्की दिएको सूचना प्राप्त पश्चात तत्कालै जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी टोली वारदात स्थान अपहरण कारीले भनेको स्थान इद्रिश गेटमा पुगी वरपर तथा बहुअर्वा मदर्सा अगाडी सम्म खोज तलास गर्दा पिडित नावालिकालाई खोज तलासको क्रममा जिल्ला रौतहट राजपुर नगरपालिका वडा नं. १ बहुअर्वा मदर्सा अगाडी सडक छेउमा रहेको गुम्ती पसल नजिक वाँसले बनाएको खाटमा सुताई राखेको अवस्थामा भेटीएको प्रहरीले वालिकालाई भेटाएको थियो ।
वालिकालाई बन्धक बनाई फिरौती रकम माग गर्ने रौतहट जिल्ला ईशनाथ नगरपालिका वडा नं. ७ बस्ने बर्ष २४ को महमद अविर हुसैनलाई बेलुका ९ : ३० बजेको समयमा फेला पारी निजलाई नियन्त्रणमा लिई निजले प्रयोग गरेको द्यच् ण्छ ब्ँ ण्द्दडद्दड नं। को भारतीय मोटरसाईकल समेत बरामद गरिएको हुँदा तत्काल पिडितलाई उद्दार गरी सो घटना सम्बन्धमा अपहरण तथा शरिरबन्धक राख्ने कार्यमा संलग्न व्यक्ति महम्मद अबिर हुसैनलाई पक्राउ गरी अपहरण तथा शरिर बन्धक सम्बन्धी कसुरमा सम्मानित रौतहट जिल्ला अदालतबाट पाँच दिनको म्यादथप अनुमती लिई थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरिक्षक शुनिल मल्लले जानकारी दिनु भयो ।
रौतहट जिल्लामा अधिकांश मधेसि र मिश्रित अन्य समुदायका मानिस बसोवास गर्ने हुदा जातिय तथा बिभिन्न खालका अपराध घट्ने हुदा प्रहरीले चनाखो भएर शान्ती सुरक्षाकायम गर्नका लागि अहोरात्र खटिएर कुनै पनि किसिमका अपराध घट्दाको तुरुन्त त्यसको समाधान गरि पिडितलाई न्याय र दोसीलाई कारवाही गर्ने कुरामा जिल्ला प्रहरी कार्यालय रौतहट अव्वल रहेको त्यहाँका स्थानीय वताए ।