कपिलबस्तु नगरपालिकाले आर्थिक बर्ष २०७९र०८० को निति तथा कार्यक्रम सर्व सम्मतले पारित गरेको छ । बाह्रौं नगरसभाबाट आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सर्व सम्मतले पारित भएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । अगामी आर्थिक बर्षबाट नगर भित्रका आर्थिक सहयता, छात्र बृतिहरुमा लाग्ने सिफारिस शुल्क, निःशुल्क हुने नगर प्रमुख पौडेलले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, पर्यटन, कृषि, सामाजिक, सहरी, तथा समग्र विकासलाई प्राथमिकता दिदै निति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको उहाँले बताउनुभयो । पञ्जीकरण संग सम्बन्धित सबै सिफारिसमा लाग्ने दस्तुर केन्द्रिय कानुन बमोजिम नै रहने प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । नगर उप प्रमुख सुनिता गुप्ताले आर्थिक विधेयक २०७९ प्रस्तुत गर्नु भएको हो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, बिभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।