चौतर्फी विरोध पछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गर्दै करमा कटौती गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार डिजेलमा २९ रुपैयाँ, पेट्रोलमा २० रुपैयाँ कर कटौती गर्ने निर्णय सरकारले गरेको छ । अब डिजेल प्रतिलिटर १ सय ६३ र पेट्रोल १ सय ७९ रुपैयाँ पर्नेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको थियो ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमै भाउ बढेको भन्दै पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ मूल्य बढाएको थियो ।
उक्त निर्णय अनुसार पेट्रोल प्रतिलिटर १ सय ९९ र डिजल/मट्टितेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।
कर छुट गर्ने सरकारको घोषणासँगै नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हेनगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने तयारी गरेको छ ।