बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोईराला बुटवल मण्डप राखिने भएको छ।
बुटवल उपमहानगरपालिकाको ११ औं नगरसभामा बुटवल उपमहानगरको निती तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख खेलराज पाण्डेले बुटवल मण्डपको नामका अगाडी गिरिजा प्रसाद कोईरालाको नाम राख्ने बताएका हुन।
बुटवल मण्डपको जग्गा प्राप्तीमा तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरीजा प्रसाद कोईरालाको महत्वपुर्ण भुमिका रहेकोले बुटवल मण्डपको नाम गिरिजा प्रसाद कोईराला बुटवल मण्डप राखिने छ उनले भने।
त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं ११ मा नेकपाका संस्थापक महासचिव पुष्पलाल र नेपाली कांग्रेसका संस्थापक नेता बिशेश्वर प्रसाद कोईराला र बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख सूर्य प्रसाद प्रधानको प्रतिमा सहितको पार्क निर्माण गरिने निती तथा कार्यक्रममा समावेश छ।
पाण्डेले प्रस्तुत गरेको निती तथा कार्यक्रममा बुटवल नगरपालिकाको नगरगित बनाउने तथा मायाको चिनो दिदा बुटवलको पहिचान झल्किने गरी जितगढी किल्लाको बनाउने उल्लेख छ।