नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं. ७ वडा कार्य समितीले वडा कार्यालय समुद्धघाटन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा केन्द्रीत चुनाव प्रचार प्रसार समितीको कार्यलय एक कार्यक्रमका बिच वाणगंगा नगरपालिकाको वडा नं. ७ घेरवा वनगाई चोकमा समुद्घाट गरिएको हो कार्यालको उद्धघाटन संग संगै पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेबाट नेपाली कांग्रेसमा ५५ जना प्रवेश गरेका छन् भने केही दिन अगाडि नेकपा एमाले वडा नं. ७ को पार्टी कार्यालय उद्घाटनका वेला वडा अध्यक्ष समेत रहेका एमाले नेता बिष्णु गिरीले बिभिन्न व्यक्तिहरुलाई नगरपालिकाको कार्यक्रम छ । सवै जना जानु पर्छ भनी घरघरमा पुगेर उनीहरुको इच्छा विपरित पार्टी प्रबेश गराएका १५ जनाले हामीलाई झुकाएर एमाले प्रवेश गरेको भन्ने कुरा झुटो रहेको हुदा आफु एमालेमा प्रवेश नगरेको र नेपाली कांग्रेसमा नै रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथी भारतका लागि पुर्व राजदुत दिप कुमार उपाध्यायले नेपाली कांग्रेस यस्तो पार्टी हो जसले आफुले गरेका काम पनि जनता सामु हामीले गर्यौ भनेर प्रचार गर्दैन र निरन्तर आफनो कर्म गरि रहन्छ नेकपा एमालले गत चुनावमा आम सर्वसाधारणमा पानी जहाँज,रेल,घर घरमा ग्यासका पाईप जस्ता बिभिन्न झुटा सपना देखाउदै जनता सामु गयो भोेट माग्यो ५ वर्ष सम्म जनताले सरकार चलाउनका लागि जिम्मेवारी सुम्पे तर ति जनताले दिएको जिम्मेवारी टिकाउन सकेन्न आफु आफु बिचको लडाईका कारण सडकमा पुग्नु पर्यो एक पटक झुकिएका जनता अव आगामी निर्वाचनमा झुकिने छैन्न ।
नेपाल मजदुर संघ ट्रेड युनियन कांग्रेस अध्यक्ष बिमला गैरेले वाणगंगा नगरपालिका वडा नंंं. ७ को विकास ५ बर्षको समय अवधिमा वडा अध्यक्ष गिरिले परिवारवाद कार्यकर्ता पालन पोषण गर्ने काम वाहेक बिकास निर्माणका कुनै पनि काम नभएको र पोल रंरोगन गर्दैमा विकास नहुने बताउदै मोतिपुर डाडाँमा धरहरा वनाउने मोतिुर आफनो घर बरिपरि भैसी चराउन जानेबाटा जंगल जानेबाटा कालोपत्रे गर्ने घेरवा वनगाई कोईली बनगाई जस्ता ठाउँका धेरै बाटाहरु कालोपत्रे भन्दा पनि सामान्य ग्राभेल नहुनु विडम्बनाको बिषय रहेको वताउदै जनताको सुख दुख बुझने समान किसिमको बिकास निर्माणको सोच राख्ने व्यक्ति नेपाली कांग्रसको उमेद्धवार रहेको उहाँलाई जिताउनका लागि आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं. ७ वडा सभापति शेषकान्त बेल्वासे सभापतित्व, भारतका लागि पुर्व राजदुत दिप कुमार उपाध्याय प्रमुख स्वतन्त्र सेनानी धन वहादुर गुरुङ्ग,आतिथ्यता,नेपाल मजदुर संघ ट्रेड युनियन कांग्रेस अध्यक्ष बिमला गैरको विशिष्ट आतिथ्यता, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य रुक बहादुर भुषाल नेपाली कांग्रेस जिल्ला सदस्य विनिराम पौडेल,अन्जु अधिकारी,गायत्री अर्याल,नेपाली कांग्रेस प्रदेश सभा क क्षेत्र नं. १ का सभापति दुर्गा बहादुर के.सी. प्रदेशसभा क का पुर्व सचिव प्रेमनारायण पौडेल प्रतिनीधी सभा क्षेत्रिय सदस्य लोकराज गिरी,छत्रमणी पाण्डे नेपाली कांग्रेस प्रदेश सभा क क्षेत्र नं. १ का प्रेस सल्लाहकार गणेश पोख्रेल,वाणगंगा नगरपालिकाका नगर सभापति बिष्णु थापा,नगर सचिव सुर्य प्रसाद वराल, लगायतको उपस्थीती रहेको कार्यक्रमको स्वागत मन्तव्य वडा उप सभापति कुमार खड्काको रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव पदम वन्जाडेले गर्नु भएको थियो ।