गणेश पोख्रेल
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नंं. ७ गन्सहवामा रहेको मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितीले आर्थिक हिनामिना गरेको आरोप लागेको छ ।
२०७३ साल देखि २०७८ साल सम्म खानेपानी उपभोक्ता समितिले साधारणसभा तथा अधिवेशन समेत गर्न सकेको छैन । ५ सय ३२ जना उपभोक्ता रहेको समितीले ५ बर्ष सम्मको हिसाव कितावको कुनै लेखाजोखा पारदर्शिता नभएको पाईएको छ ।
उपभोक्ताहरुबाट न्यूनतम २० युनिट वापतको प्रति उपभोक्ता १०० दरले महसुल उठाउदै आएको खानेपानी उपभोक्ता समितीले कार्यालय सञ्चालन र अन्य सामान खरिदमा फजुल खर्च गरेको बिद्युत कर्मचारीले ट्रान्सफर्मरको फिउज मर्मत नाममा धेरै रकम भुक्तानी गरेको प्रत्येक पटक ५ सय १ हजार १५ सय विद्युत कर्मचारीले लिने गरेको पैसा नदिएमा वोलाएको समयमा नआउने दुख दिने गरेको गुनासो समितिका सचिव धन्जय भट्टराईले गरेका छन् ।
२०६८ साल १ महिना १२ गते दिपक कुमार भट्टराई अध्यक्षतामा ११ जनाको तदर्थ समिति गठन भएता पनि खानेपानीको सवै निर्माणका कार्य सकेर २०७३ साल देखि खानेपानी सञ्चालनमा आए देखि २०७८ साल सम्म न साधारणसभा अधिवेशन हिसाव किताव बिना नै समितिले निरन्तरता पाएको छ ।
खानेपानी उपभोक्ताहरुले पानी जडान गर्नका लागि प्रति नयाँ उपभोक्ता बापत ७ हजार ५ सय पुराना वसोवास गर्दै आएका र समुहमा आवद्ध भएका उपभोक्ताका लागि ५ सय रुपैया लिने गरेको छ नयाँ पुराना उपभोक्ताको कुनैै लेखाजोखा समेत नरहेको यति नयाँ यति पुराना भन्ने कुराको यकिन नरहेको समितिका कोषाध्यक्ष अमर बहादु गुरुङ्गले जानकारी दिनु भयो ।
खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ५ बर्ष सम्मको आन्तरिक लेखा परिक्षण गर्न नसकेको कारण देखाउदै साधारणसभा अधिवेशन हुन नसकेको स्वीकार गरेका छन् । अध्यक्ष दिपक कुमार भट्टराईले बिभिन्न वाहना वाजी गर्दै लेखा परिक्षण सकेर चैत्र भित्रमा अधिवेशन गर्छौ । उनले भने कोषाध्यक्षले समय दिन नसकेको कारणले लेखा परिक्षण गराउन सकेका थिएनौ अव गराउने तयारीमा छौ । अव हामी ५ बर्षको अडिट एकै पटक गर्र्दैछौ । लेखा परिक्षणका लागि तिन जना समिती गठन गरेको वताएता पनि समितीमा रहेका झगेश्वर अर्यालको संयोजकत्वमा गठित समितीका सदस्य माधव पौडेल,धर्मराज भट्टराईलाई सो बिषयमा आफुलाई कुनै पनि जानकारी नरहेको वताएका छन् ।
एमाले निकट मानिने व्यक्ति खानेपानी उभोक्ता समितीका पदाधिकारी अध्यक्ष,सचिव,कोषाध्यक्ष अन्य पदाधिकारीमा आफनो पार्टीको वाहुल्यता रहेकोले खानेपानी समितीमा मनोमानी बढ्दै गएको स्थानीयको आरोप लगाउदै आएका छन् ।