नेपाली कांग्रेस वाणगंगा नगरपालिका वडा नं. ६ वडा कार्य समिति कपिलवस्तुको पार्टी प्रवेश तथा कार्यालय समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
वाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मण घाटमा आयोजि कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा ३ सय भन्दा बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समयमा अन्य पार्टीमा एक आपसमा रहेको खिचातनी र सोजासाझा जनाता माथि नेताले भ्रमको खेती गर्ने काम वाहेक नगरेको हुनाले नेपाली कांग्रेस सवैको साझा पार्टी लोकतान्त्रीका मुल्यमान्यता वोकेको पार्टी भएकोले प्रवेश गरेको वताएका छन् ।
प्रमुख अतिथी नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले वर्तमान समयमा चुनावको समय नजिकिदै गर्दा कांग्रेस माथि बिभिन्न किसिमबाट आरोप प्रत्यारोप लगाए पनि नेपाली कांग्रेस जति सहि दिशामा हिड्ने पार्टी सहिबाटो मार्ग निर्देशन गर्ने पार्टी अरु कोही नभएको बताउदै आज वाणगंगा नगरपालिका वडा नं. ६ मा नेपाली कांग्रेसको आस्था बिचार मन पराएर प्रवेश गर्ने सम्पुर्णमा हार्दिक धन्यवाद सहि स्वागत गर्नु भएको थियो ।
बिशिष्ट अतिथी भारतका लागि पुर्व राजदुत दिपकुमार उपाध्यायले नेपाली कांग्रेस पार्टीको मुल्य मान्यता अन्य पार्टीको भन्दा फरक रहेकाले अरु पार्टीले जस्तो नेपाली कांग्रेसले कसैमा भ्रमको खेति नगर्ने र आफुले गरेका कामको प्रचार समेत गर्न नसकेकोले गत निर्वाचनमा पराजय भाग्नु परेको बताउदै । नेकपा एमालेले गत निर्वाचनमा भ्रमको खेती गरेर चुनाव जिते पनि आगामी चुनावमा जनताले चिनि सकेकोले अव एमाले धुलो वडारिए जस्तै गरि बडारिने कुरा पक्का भएको वताउदै नेपाली कांग्रेमा प्रवेश गर्ने सवैलाई स्वागत गर्नु भएको थियो
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं. ६ का वडा सभापति अनिल कुमार पाण्डेको अध्यक्षता नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता,भारतका लागि पुर्व राजदुत दिपकुमार उपाध्याय, सहरी विकास राज्य मन्त्री रिना नेपाल,नेपाली कांग्रेस जिल्ला पार्टी सभापति अब्दुल कलाम मुसलवान, नेपाली कांग्रेस लुम्बनी प्रदेश सदस्य बिक्रम सिह थापा,नेपाली कांग्रेस क्षेत्र नं. १ का सभापति अब्दुल मन्ना खाँ, नेपाली कांग्रेस प्रदेश सभा क का सभापति दुर्गा बहादुर के.सी. प्रेस युनियन नेपाल कपिलवस्तु शाखाका उप सभापति किरणमान वज्राचार्य,प्रेस युनियन कोषाध्यक्ष गुरुदेव पौडेल लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रहेको कार्यक्रमको सञ्चालन क्षेत्रिय सदस्य कल्याण टण्डनले गर्नु भएकोे थियो ।
यसै बिच वाणगंगा वडा नं. ३ मा पनि पार्टी प्रवेश कार्यक्रम वाणगंगा ३ को गंगौलियामा सम्पनन भएको छ ।
वाणगंगा नगरपालिका वडा नं. ३ मा रहेको दलित भवनको सभाहलमा बिभिन्न पार्टी परित्याग गरि ३० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन्
प्रमुख अतिथी नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा क का क्षेत्रिय सभापति दुर्गा बहादुर केसीले नव प्रवेशीलाई खाादा तथा टिका लगाएर पार्टीमा स्वागत गर्र्दै नेपाली कांग्रेसको आस्था विचारलाई मन पराएर पार्टीमा प्रबेश गरेकोमा नेपाली कांग्रेस सदैव जनताको साथमा उभिने पार्टी रहेकोले सदैव नेपाली कांग्रेसलाई साथ दिनका लागि उहाँले आग्रह गर्नु भयो ।