कपिलवस्तुको वाणगंगा नगरपालिका नारी तथा वालवालिको शाखाको आयोजनामा ११२औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा कार्यक्रम सम्पन्न गरेको छ ।
सामाजिक न्याय लैङ्गिक समानता दिगो विकासको सुनिश्चितता भन्ने मुल राष्ट्रिय नारा रहेको कार्यक्रमा वाणगंगा नगरपालिका बिभिन्न संघ संस्था तथा राजनैतिक दलको प्रतिनीधीत्व गर्दै २५० भन्दा बढि महिलाहरुको सहभागिता रहेको थियो । भने महिलालाहरुले व्यवसाय सञ्चालन गरेर आफनो जिविको पार्जन गरेका सफल उधमी ११ जना महिलालाई महिला तथा वालवालिका शाखाले नारी दिवसको अवसरमा सम्मान गरेको छ ।
प्रमुख अतिथी राष्ट्रिय सभा सदस्य विमला घिमिरेले कार्यक्रममा वोल्दै समाजमा व्याप्त अतिवादी सोंच र संकिर्ण धार्मिक चिन्तनबाट समाज यति ग्रस्त रहेको वताउदै यो अत्याधूनिक यूगमा बोक्सिको आरोपमा मानव मल मूत्र खुवाइन्छ, जङ्गली समाजिक संरचनाका छवीहरू तब देखिन्छन जब एउटी महिला निरिह कुटिन्छिन, पिटिन्छिन, अपमानित हुन्छिन् । लक्ष्मी पूजिने देशमा लक्ष्मीको अस्मिता निरन्तर लुटिएकै छ, चुटिएकै छ. । हामीले हाम्रो घरबाट महिला हिम्साको अत्य गर्न सकेमा देशमा महिला हिंसा अन्त्य हुन्छ । महिला पुरुस बिचको खाडल रहदैन उहाँले बताउनु भयो ।
कार्यक्रममा वोल्दै जिल्ला समन्य समितिकी उप प्रमुख तारावती चौधरीले नारी दिवसको अवसरमा हामी महिला हौं या पुरुष, नारी समानताका लागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण रहेको वताउदै शौचालय देखि सदन सम्म नारी मैत्री स्वरहरु गुञ्जियोस्, फेरि नारी समानता भनेको नारी र पुरुषहरु विचको टक्कर वा द्वन्द्व नभएर अगुवाई गरीरहेको सामाजिक संरचनाले तोकीदिएको महिला पुरूषबिचको विरोधाभाष परिधि, सीमा अनि समानतामा ठूलो दूरी हो जसलाई चिर्न नवपुस्ताले महत्वपूर्ण भूमिका खेल्न उहाँले वताउनु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुको अध्यक्षता ,राष्ट्रिय सभा सदस्य विमला घिमिरे प्रमुख अतिथ्यता, जिल्ला समन्य समितीकी उप– प्रमुख तारावती चौधरीको बिशिष्ट आतिथ्यता, कृर्षि श्रमिक संघको केन्द्रीय अध्यक्ष बिमला गैरे महिला नेतृ बिष्णु मल्ल, महिला संघ केन्द्रीय सदस्य इन्दीरा भट्टराई, शिक्षा शाखाका प्रमुख वावुराम भट्टराई लगायतको आतिथ्यता रहेको कार्यक्रमको स्वागत मन्तव्य महिला तथा वालवालिका समितीकी संयोजक वालकुमारी अधिकारी पन्तले गर्नु भएको थियो ।