सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै चुनावी माहोल सुरु हुन थालको छ । यसैक्रममा कपिलवस्तु नेपाली कांग्रेस बाणगंगा वडा कार्यसमितिले निर्वाचनको महोल बनाउन विविध विषयमा छलफल गरेको छ। निर्वाचनको माहोल बनाउन कांग्रेस सदस्यका घरघरमा पुगेर टोल कार्यसमिति गठन लगायतका कार्यहरु गरिरहेको बाणगंगा ११ का वडा कार्य समिति सभापति नरेन्द्र चौधरीले बताए ।
छलफलमा नेपाली कांग्रेसका जिल्ला सदस्य रवि बहादुर काफ्लेले बाणगंगा ११ मा कांग्रेसको अवस्था राम्रो भएको र आगामी निर्वाचनमा सबै प्राविधिक कुराहरु मिलाएर चुनावमा होमिने र जित हासिल गर्ने बताए । यस्तै जिल्ला सदस्य श्याम गुप्ताले युवाहरु कांग्रेसमा आकर्षित भएको बताउँदै १४ आंै महाधिवशनबाट आएको नयाँ नेतृत्वलाई काम गरेर देखाउने अवसर र चुनौती दुवै भएकोले सबै मिलेर निर्वाचनमा होमिनु पर्ने बताए ।
नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सचिव कृष्ण बहादुर चौधरीले निर्वाचनसँगै कांग्रेसमा गुट उपगुट सकिएको र अब एकजुट एक मनले निर्वानमा होमिनु पर्ने बताए ।
छलफल कार्यक्रममा कांग्रेसका नेता होमनाथ अधिकारी, लक्ष्मण कँडेल, लक्ष्मी ढकाल, क्षेत्रीय प्रेस सल्लाहकार कृष्ण प्रसाद पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । वडा सभापति नरेन्द्र थारुको अध्यक्षता, सचिव अनन्त पाठको संचालनमा सम्पन्न भएको कार्यक्रमको स्वागत मन्तव्य सेराज खानको रहेको कार्यक्रममा सयौं कांग्रेस कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।