कपिलवस्तुको वाणगंगा नगरपालिका ११ हथौसा मेलामा यतिवेला महाशिवरात्री मेला लागि रहेको छ । हरेक वर्ष महाशिवरात्रीको अवसर पारि लाग्ने हथौसा मेलाको आफ्नै महत्व छ । मेलामा दर्शकको घुइँचो लागेको छ ।
मेलामा खुलेयाम जुवा बाट ठगी धन्दा गर्ने गिरोह समेत सकृय रुपमा लागेका छन् । मेला परिसरमै खुलेयाम खोरखोरे, वियर तास , स्टाईगर खेल कौडा लगाएतका जुवा खेलबाट युवा युवतीहरु ठगीने गरेको पाईएको हो ।
कौडा र स्टाईगर खेलमा त दर्शकलाई नजरबन्धमा पारेजस्तै गरि ठगिएको पाईएको हो । ३ वटा स्ट्राईगर लिएर दर्शक तान्न आफ्नै गृपका खेले जस्तो गर्ने र जितेजस्तो देखाएर दशृक खेलेपछी लुट्ने गरेको बाणगंगा ५ का कृष्ण चौधरीको भनाई छ । यसबाट खाँस गरि वाल वच्चा , युवाहरु बढी ढगिने गरेको पाईएको छ ।
यसलाई त्यहाँको सुरक्षामा खटिएका सुरक्षा निकायहरुले समेत देखेपनी नदेखेझै गर्दा दर्शकहरु दैनिक हजारौ रकम ठगिने गरेको बताईएको छ । फागुन १७ गते संचालित मेला २३ गतेसम्म चल्ने आयोजक हेमराज मा.वि ले जनाएको छ । खाँसगरि स्थानिय कृषि उत्पादन कला संस्कृतिलाई संरक्षण गर्दै मौलिकता जोगाउदै आएको हथौसा मेला पछिल्लो समयमा विकृति भित्रिएको भन्दै स्थानियहरुले चिन्ता व्यक्त समेत गरेका छन् ।
आदीवासी जनजाती थारु समुदायको परम्परागत उत्पादन पद्धतीको प्रदर्शन र कृषि उपजको खरिद विक्रीका लागि संचालन हुने हथौसा मेलामा नेपाल र भारतका किसानहरुका लागि विशेष महत्वको मेला मानिन्छ । मेलामा कृषि उपजदेखि पिङ्ग, , जादु र विभिन्न प्रदर्शन योग्य स्टलहरु दैनिक उपभोग्य बस्तुहरु कपडा मेलाकै प्रसिद्ध खाजा स्टलहरुमा समेत भिडभाड बढेको छ ।