Facebook YouTube TikTok
Hamro Paila
युनिकोड
रशिफल
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result
  • बिशेष
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • शिक्षा
  • स्वास्थ्य
  • विविध
    • पर्यटन
    • प्रवास
    • विचार
    • जिवनशैली
    • सुरक्षा /अपराध
No Result
View All Result

todaynews,madheshnews, aajkakura, todaykura,hamro paila, hamropaila.com todaynews,newsoftoday,nepaltoday, pradeshtoday,province-5, lumbininews, lumbinitimes, lumbinitoday, nepalviews,nepaltimes,nepalnews, news nepal, pradeshnews
Facebook YouTube TikTok
No Result
View All Result

नेपाल विद्यार्थी संघमा जम्बो तदर्थ समिति बनाउने तयारी

हाम्रो पाईला हाम्रो पाईला
२०७८ फाल्गुन १९, बिहिबार १०:३१ PM
नेपाल विद्यार्थी संघमा जम्बो तदर्थ समिति बनाउने तयारी
नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा जम्बो तदर्थ समिति बनाउने तयारी गरेको छ । आगामी वैशाख ३० गतेका लागि तोकिएको तीन तहका निर्वाचनलाई मध्यनजर गरी सबै पक्षलाई ‘चित्त बुझाउन’ ठूलो आकारको कार्यसमिति बनाउन लागिएको हो ।

विधानतः नेविसंघको केन्द्रीय कार्यसमिति १२१ सदस्यीय हुनुपर्छ । तर तदर्थ समितिमा २५० जना भन्दा बढीलाई समेट्ने तयारी भइरहेको नेताहरु बताउँछन् । नेविसंघमा विवाद हुँदा निर्वाचनमा असर पर्ने भएकाले अधिकतम विद्यार्थी नेतालाई समेट्ने पक्षमा कांग्रेस छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि केन्द्रीय कार्यसमितिमा आउन योग्यता पुगेका र विगतमा अवसर नपाएका सबैलाई समेट्ने प्रयत्न हुने बताउँछन् । कार्यसमिति ठूलो बनाए पनि कार्यसम्पादनका लागि खटिने टोली सानो हुने उनी बताउँछन् ।
कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन् । तदर्थ समितिमा अटाउन विद्यार्थी नेताहरु पार्टी नेताको घरदेखि पार्टी कार्यालय धाउन थालेका छन् ।

नेताहरुका अनुसार तदर्थ समिति बनाउँदा ३२ वर्षको उमेर हद कायम गर्ने कि नगर्ने भन्नेबारे पार्टीमा मतैक्यता हुनसकेको छैन । उमेर हद कायम गर्दा पनि पूर्वअध्यक्ष नैनसिंह महरले राजीनामा दिएको समयलाई मापदण्ड बनाउने कि हाललाई भन्नेमा विवाद छ ।

पटक पटक तोकिएको महाधिवेशन गराउन नसकेपछि महरले २०७५ माघमा राजीनामा दिएका थिए । २०७६ माघमा राजीव ढुंगाना अध्यक्ष मनोनित भए । ढुंगाना पनि मंसिरमा भएको १४औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य भइसके ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने नेविसंघको विधानमा ३२ वर्षे उमेर हद १२औं महाधिवेशन पश्चात लागु हुने भनिएकाले तदर्थ समितिमा सबैलाई समेट्ने बताउँछन् । भन्छन्, ‘सभापतिले ३२ माथि र मुनि सबैलाई समेटेर तदर्थ समिति गठन गर्नुहुन्छ ।’

३ फागुनमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले सभापति शेरबहादुर देउवाले नेविसंघसहितका नौ वटा  भ्रातृ संगठनको तदर्थ समिति आवश्यक परामर्श गरी फागुन मसान्तभित्र गठन गर्ने निर्णय गरेको थियो ।

नयाँ गठन भ्रातृ संस्थाको पदावधि सबै तहका निर्वाचनको परिणाम आएको तीन महिनासम्म रहन्छ । ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएको मितिले तीन महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिने तथा तोकिएको सो अवधिमा महाधिवेशन सम्पन्न गर्न नसक्ने कार्यसमिति स्वतः विघटन हुने निर्णय यो बैठक गर्दछ’ पार्टीले गरेको निर्णयमा भनिएको छ ।

कोको छन् आकांक्षी ?

स्थानीय तहको निर्वाचन ३० वैशाखलाई तोकिएको छ भने संघ र प्रदेशको निर्वाचन आगामी मंसिरमा हुनसक्छ । त्यसो भएमा नेविसंघले अर्को फागुनसम्म महाधिवेशन गर्नुपर्छ ।

कार्यकाल एक वर्ष भन्दा बढी हुने भएकाले तदर्थ समितिका आकांक्षी धेरै छन् । तदर्थ समितिमा अटाउन विद्यार्थी नेताहरु पार्टी नेताको घरदेखि पार्टी कार्यालय धाउन थालेका छन् ।

नेविसंघको अध्यक्षमा प्रेमराज जोशी, डोजाङ शेर्पा, मेघा शाही, प्रेम शाही लगायतको दाबी छ । जोशी प्रवक्ता महत निकट हुन् भने शेर्पा आरजु राणा निकट । ३२ वर्षे उमेर हदमा महरले राजीनामा दिंदाको समयलाई मान्यता दिंदा जोशी र हालको समयलाई मान्दा शेर्पा नेविसंघको सभापति बन्ने सम्भावना रहेको नेताहरु बताउँछन् ।

नेता डा. शेखर कोइराला पक्षबाट शिव रिमाल र निरञ्जन थापा अध्यक्षका आकांक्षी हुन् । थापालाई नेता अर्जुननरसिंह केसीको पनि साथ छ । पूर्व महामन्त्री डा. शशांक कोइराला निकट सागर परियार पनि अध्यक्षका आकांक्षी हुन् । विमलेन्द्र निधि र प्रकाशमान सिंह निकट रहेर नेविसंघको नेतृत्वको दाबी गर्ने कोही खुलिसकेका छैनन् । कृष्णप्रसाद सिटौला पक्षबाट सुशील भट्ट दावेदार छन् ।

तर अध्यक्ष संस्थापन पक्षबाट हुँदा अरु आकांक्षीलाई पदाधिकारी बनाउने सम्भावना रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मनपर्यो
0%
मनपर्यो
हाँस्यास्पद
0%
हाँस्यास्पद
अचम्मित
0%
अचम्मित
थकित
0%
थकित
दुःखी
0%
दुःखी
आक्रोशित
0%
आक्रोशित
हाम्रो पाईला

हाम्रो पाईला

हाम्रो पाइला एक प्रमुख नेपाली समाचार पोर्टल हो जसले विश्वसनीय, तथ्यपूर्ण, र नवीनतम समाचारहरू प्रदान गर्दछ। हाम्रो पाइला नेपाली समुदायका लागि समाचार र जानकारीको विश्वसनीय स्रोतको रूपमा स्थापित छ।

यो पनि पढौँ

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारमा हुँदा गरेका काम लिएर जनतामा जान सांसदलाई अध्यक्ष ओलीको निर्देशन

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

ताजा खबर

दीपज्योति मोबाइल संसारको नाममा नयाँ स्थानबाट सेवा सुरु

डिआईजी राजेन्द्र भट्टद्वारा ट्राफिक प्रहरी कार्यालय बुटवलको निरीक्षण

प्रजनन स्वास्थ्य समन्वय समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न 

ईलाका प्रहरी कार्यालय पिपराले मानव अधिकार उल्लंघन गरेको स्थानीय युवाको आरोप

कपिलवस्तु सामुदायिक अस्पताल केही दिन बन्द रहने

सरकारको स्थिरताबारे प्रधानमन्त्री नै सशंकित

विद्युत् प्राधिकरणले माग अनुसार विद्युत् आपूर्ति गर्न समस्या

साना माछालाई पक्राउ गरे जस्तो गरेर ठुला माछालाई सलुट गर्दै कपिलवस्तु प्रहरी

साहु पौडेल कुल पूजा समाज नेपालको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न

प्रयास मल्टी मिडिया प्रा.लिद्वारा संचालित
हाम्रो पाईला डट.कम
वाणगंगा न.पा. ८, कपिलवस्तु
शाखा कार्यालय: तिलोत्तमा न.पा. रुपन्देही
सम्पर्क :- ९८५११६२०६६
इमेल :- [email protected]

हाम्रो टिम

प्रधान सम्पादक :- गणेश पोख्रेल
सामाग्रि सम्पादक :- जीवन न्यौपाने
सम्पादक :- पवित्रा खनाल
रुपन्देही शाखा प्रमुख :- प्रबिन भण्डारी

कानुनी रुपमा हामी

कम्पनी दर्ता नं.:- २२७०८३/०७६/०७७
सुचना विभाग दर्ता नं.:- ३४९५/०७८/०७९
प्रेस काउन्सिल नेपाल दर्ता नं.:- ३४८२

सामाजिक सञ्जालमा हामी

Hamropaila

© २०२४ - हम्रो पाइला | स्रोतहरू खुलाइएका बाहेक हाम्रो पाईलामा प्रकाशित सम्पूर्ण सामग्रीहरू प्रयास मल्टी मिडिया प्रा.लि.का सम्पत्ति हुन् ।

No Result
View All Result
  • बिशेष
  • समाचार
  • स्थानीय तह
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • सुरक्षा /अपराध
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ/वाणीज्य
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • प्रवास
  • जिवनशैली
  • विचार
  • युनिकोड
  • राशिफल